मोदीले भने-पैसा मंहगो हुँदा भारतमा भएका नेपालीले नमस्ते भनेर फोन राख्छन्
१९ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीचको टेलिफोन शुल्क महँगो रहेकाले यसलाई घटाएर सुलभ बनाउनुपर्ने बताएका छन् ।
दुई दिने नेपाल भ्रमणमा आएका मोदीले आइतबार संविधानसभामा सम्बोधन गर्दै टेलिफोन शुलक महँगो भएकै कारण भारतमा रहेका नेपालीले फोन गरेर नमस्तेमात्र भन्नुपर्ने बाध्यता रहेको बताए । ‘अमेरिका फोन गर्दा सस्तो हुन्छ तर नेपाल गर्दा महँगो पर्छ । किन यस्तो भइरहेको छ रु’ शुल्क घटाउन दुवै देशका सेवा प्रदायकहरुले पहल गर्नुपर्ने सुझाउँदै मोदीले प्रश्न गरेको नागरिक दैनिकमा खबर छ ।
‘लाखौ नेपाली भारतमा छन् । उनीहरु परिवारसँग कुरा गर्न चाहन्छन् तर नमस्ते गरेर फोन राख्छन्,’ उनले भने, ‘यस विषयमा दुवै देशका सेवा प्रदायकसँग कुरा गर्नुपर्छ । म पनि कुरा गर्छु तपाई पनि गर्नुस् । यो कनेक्टिभिटी यस्तो हुनुहुँदैन ।’
विविध विषयमा सम्बोधन गरेका मोदीले आफ्नो मन्तव्यमा टेलिफोन शुल्क सस्तो हुनुपर्ने र सहज रुपमा कुराकानी हुनुपर्नेमा जोड दिएका थिए ।

No comments: