"2513058968709111" /> सुनकोशी थुनिएको ठाउँमा हराएकाको खोजी तिब्र - अनिश शर्मा गैरे
Breaking News
recent

सुनकोशी थुनिएको ठाउँमा हराएकाको खोजी तिब्र

सिन्धुपाल्चोकको माङ्खामा पहिरोमा पुरिएर हराइरहेकाहरुको खोजी तिव्र पारिएको छ ।

डोजर र सुरक्षाकर्मी सहितको टोलीले हराएकाहरुको खोजीलाई तिव्रता दिएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख झम्कनाथ ढकालले बताउनुभयो ।तर पहिरो खसेको ठाउँसम्म पुग्न बाटो बनाउँदै जानुपर्ने र पहिरोले नदी थुनिंदा बनेको ताल फुट्ने खतरा टरिनसकेकाले सावधानीपूर्वक काम भइरहेको उहाँले बताउनुभयो । पहिरो खसेको ठाउँमा फेरि पहिरो खस्न सक्ने तथा नदी थुनिएको ठाउँ भत्किन सक्ने जस्ता सम्भावनालाई ध्यानमा राखी पानीको सुरक्षित निकास र पहिरो हटाउन भूगर्भविज्ञ, जलश्रोत विज्ञ लगायतको टोलीले अध्ययन गरिरहेको ढकालले जानकारी दिनुभयो ।गएको शनिबार विहान ३ वजेतिर सिन्धुपाल्चोकको माङ्खा गाविसको जुरेमा गएको पहिरोले सुनकोशी नदी थुनिँदा किनारका वस्तीका करिब डेढ सय जना हराएको अनुमान स्थानीय प्रशासनले गरेको छ ।नदी थुनिएको ठाउँ छिटै खुलाउन सके पहिरोमा हराइरहेकाहरुको खोजी गर्न सहज हुने भएपनि जमेको पानीलाई निकास दिन वैकल्पिक उपायका बारेमा विज्ञले सुझाव दिने अपेक्षा गरिएको छ । पहिरोमा परी बेपत्ता भएका र पुरिएका घरहरुको यकिन तथ्यांक लिने काम भइरहेको छ । पहिरोमा परी १० जनाको ज्यान गएको पुष्टी भएको छ । शनिबार बेलुका थोरै निकास खोलेपछि ताल बनेको क्षेत्रमा पानीको सतह घटेको छ । तर वर्षा भएकाले तालमा पानी थपिंदै जाँदा ठूलो बेगले अवरोध हट्दा जोखिम हुने भएकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।  यसैबीच कोशी नदीमा पानीको बहाव बढेको छ । आइतबार बिहान ५ बजे १ लाख ८ हजार क्यूसेक रहेकोमा अहिले बढेर १ लाख १० हजार २ सय क्युसेक पुगेको छ । पहाडी क्षेत्रमा वर्षा भएकाले पानीको बहाव बढ्दै गएको हो । मौसम पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोकको राम्चे र आसपासका क्षेत्रमा सामान्य वर्षा हुनसक्ने जनाएको छ । ती क्षेत्रमा बादल लागि सामान्य वर्षा हुने सम्भावना ६० प्रतिशत देखिएको महाशाखाले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.