"2513058968709111" /> कोसी ब्यारेज छेउका बासिन्दा त्रासमा - अनिश शर्मा गैरे
Breaking News
recent

कोसी ब्यारेज छेउका बासिन्दा त्रासमा

kosi
सप्तरीका दर्जन गाविस संकटग्रस्त क्षेत्र

राजविराज, श्रावण १८ ९ सप्तकोसी नदीको सप्तरीस्थित पश्चिमी तटबन्धको एक दर्जन गाविसका भू९भागलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सिन्धुपालचोकको माङ्खा गाविसमा सुनकोसी नदीको मुहान थुनिएर रोकिएको पानी सप्तकोसी नदीमा मिसिने भएकाले सप्तकोसीका पश्चिमी तटबन्धका एक दर्जन गाविसलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
शनिबार जिल्ला दैवी प्रकोप उद्धार समितिको बसेको आकास्मिक बैठकले सप्तकोसी नदीको पश्चिमी तटबन्ध अन्तर्गत सप्तरीको फत्तेपुर, ओद्राहा, कमलपुर, बैरवा, पिप्रापूर्व, भारदह, पोर्ताहा, गोबरगाढा, रम्पुरा मल्हनियाँसहितका एक दर्जन गाविसका भू९भागलाई संकटग्रस्त क्षेत्र घोषणा गरी अनुमोदनकालागि गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय समितिको बैठकले गरेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विरेन्द्रप्रसाद यादवले जानकारी दिए ।
यस्तै उक्त भु९भागमा बसोवास गरिरहेका ६ सय परिवारको तीन हजार मानिसलाई सुरक्षित स्थानमा ल्याउने र उनीहरुको बाँस र दुई छाकको सुख्खा खानाको ब्यवस्थासमेत मिलाउने निर्णय दैवी प्रकोप उद्धार समितिको बैठकले गरेको छ ।
यता सुनकोसी नदीमा थुनिएको पानीको बहाव सुनसरीको चतराहुँदै सप्तकोसी नदीमा आउने भएकाले कोसी ब्यारेजलाईसमेत उच्च सर्तकतामा राखिएको छ । शनिबार साँझ कोसी ब्यारेजका सबै ५६ वटै ढोका नेपाल सरकारको आग्रहमा कोसी योजना बिहारले खोलिदिएका छन् ।पानीको बेग बढी हुनसक्ने भएकाले कोसी ब्यारेजमासमेत खतरा हुनेसक्ने शंका दुवै देशका अधिकारीहरुले गरेका छन् । यद्यपी सुनकोसी नदीबाट आउने पानीलाई सप्तकोसी नदीबाट सजिलै निकाल्ने ब्यवस्था मिलाउने काम भईरहेको भारत बिहारको विरपुरस्थित कोसी योजनका चिफ इन्जिनियर राजेशकुमारले बताए ।
यता टापुको गाविसको रुपमा रहेको गोबरगाढा गाविस बढीको जोखिममा रहेको छ । कोसी नदीको बीच भागमा अवस्थीत यो गाविसमा बासिन्दाहलाई सुरक्षित स्थानमा ल्याउनकालागि शनिबार साँझदेखि २० वटा डुंगामा परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
यस्तै सप्तरीको भारदह गाविस १ स्थित कोसी ब्यारेजमा बसोवास गर्दै आएका झण्डै पाँचसय बढी परिवार कोसीमा आउने पानीको उच्च जोखिममा रहेको छ । कोसी ब्यारेज छेउमै रहेको उक्त बस्तीमा पानी पस्ने त्रास स्थानीयहरुमा रहेको छ । ुखै कति पाउने आउने, कसैले भन्छ ४० फिट माथिसम्म पाउने आउनेछ, यदी यस्तो भयो सबै बर्बाद हुन्छु, स्थानीय सतन मण्डलले भने ।
यसैबीच सप्तरी प्रशासनले प्रभावित क्षेत्रका सबै गाविसका बासिन्दाहरुलाई हाई एलर्टमा रहन भनि सचेत गराएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.