"2513058968709111" /> संखुवासभाको स्याबुनमा पहिरो, १ को मृत्यु ९ बेपत्ता - अनिश शर्मा गैरे
Breaking News
recent

संखुवासभाको स्याबुनमा पहिरो, १ को मृत्यु ९ बेपत्ता

१९ साउन, संखुवासभा ।
 संखुवासभा जिल्लाको स्याबुन(३ फच्याङमा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ । ९ जना बेपत्ता भएका छन् । आइतबार परेको अविरल बर्षाका कारण राति एक बजे पहिरो गएको हो ।
पहिरोले मेहरमान कोइराला, पूर्णबहादुर कोइराला र कीर्तिमान कोइरालाको घर बगाएको छ । घर बगाउादा पूर्णबहादुरका नाति १० वर्षका प्रज्वल कोइरालाको मृत्यु भएको छ । उद्धारका क्रममा प्रज्वलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी थापाले  अनलाइनखबरलाई जानकारी दिए ।
मेहरमानको परिवारका २ जना, पूर्णबहादुरको परिवारका ५ र कीर्तिमानका ४ जना परिवार सदस्यमध्ये बेंसीमा बसेका पूर्णबहादुरका छोरा बमबहादुरलाई जीवितै भेटिएको र अन्य पहिरोमा परी बेपत्ता भएको कार्कीले बताए ।
पहिरोले तीन घर पूर्ण रुपमा बगाएको र १८र२० घर जोखिममा परेकाले उनीहरुलाई उद्धार गर्ने कार्य जारी रहेको प्रहरीले बताएको छ ।
घटनास्थलमा इलाका प्रहरी चौकी वानाका प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेका छन् ।
घटनास्थल जिल्ला सदरमुकाम खाादबारीबाट ७ घण्टाको पैदल दूरीमा पर्छ । घटनास्थल पुग्ने यातायातको सुविधा छैन । उद्धारका लागि विहान पााच बजे नै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली हिाडेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.