"2513058968709111" /> पाशुपत क्षेत्रमा भक्तजनलाई प्रवेश निषेध - अनिश शर्मा गैरे
Breaking News
recent

पाशुपत क्षेत्रमा भक्तजनलाई प्रवेश निषेध

मोदीले २५ सय केजी सेतो चन्दन पशुपतिमा चढाउँदै

pasupati-1
१९ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको दर्शन र विशेष पूजा गर्नुभन्दा केहीघण्टा अघि बिहान साढे ७ बजेदेखि पशुपतिनाथबाट सर्वसाधारणहरुलाई हटाइएको छ । चारघण्टासम्म पशुपतिमा सर्वसाधारणले दर्शन गर्न नपाउने सुरक्षाकर्मीले बताएका छन् ।
साउने सोमबार परेकाले पशुपति क्षेत्रमा हजारौं बोलबम यात्री एवं भक्तजनहरु विहानैदेखि भेला भएका थिए । साउने सोमबारका ब्रतालु महिलाहरुको संख्या पनि ठूलो थियो । विहान सात बेजेसम्म उनीहरुलाई पूजाआजा गर्न दिइएको थियो । तर, साढे सात बज्दा नबज्दैदेखि प्रहरीले ढोका छेउमा पुगिसकेका भक्तजनलाई समेत हटाएको छ ।
ठूलो संख्यामा रहेका भक्तजनलाई गौरीघाटसम्म पठाउने प्रयास प्रहरीले गरेको थियो भने राजधानी बाहिरबाट समेत पशुपतिमा आइपुगेका कतिपय भक्तजनहरु चार घण्टासम्म कुर्नुपर्ने भएपछि आक्रोशित देखिएका छन् । प्रहरीले भित्र पसेका भक्तजनलाई बलपूर्वक हटाउदै खाली गराएको थियो ।
पाशुपत क्षेत्र प्रवेश गर्ने नाकाहरु गौरीघाट, मित्रपार्क, जयबागेश्वरी, गौशाला, पिंगलास्थान लगायत सबै ठाउँमा सशस्त्र प्रहरी परिचालन गरि भक्तजनलाई भित्र प्रवेश निषेध गराइएको थियो । उनीहरुलाई साँढे ११ बजेपछि मात्र मन्दिर प्रवेश गर्न पाइने भन्दै फर्काइएको छ ।
उबकगउबतष्(घ
पशुपति परिसर छेउछाऊ रहेका विभिन्न पसलहरु बन्द गरिएका छन् । पशुपतिक्षेत्रको बाटोमा बस्ने गरेका फुटपाथ पसलेहरुलाई पनि हटाएर खाली गरिएको छ ।
धार्मिक आस्थाका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पशुपतिनाथ दर्शन गर्ने धेरैसमय पहिलेदेखिको धोको आज पूरा हुदैछ । उनले विहान पौने बजेदेखि करिब १ घण्टा पशुपतिमा पूजा गर्ने कार्यक्रम रहेको छ ।
मोदीले पशुपतिनाथमा करीव २५ सय किलोग्राम सेतो चन्दन उपहार स्वरुप चढाउने स्रोतले जनाएको छ । पशुपतिनाथ र भक्तजनलाई चन्दन लगाउनका लागि सो उपहार प्रदान गर्न लागिएको हो । यसको मूल्य ३ करोडभन्दा बढि पर्ने स्रोतले जनाएको छ । उनले विशेष पूजाका लागि भारतबाटै ब्राम्हण पनि लिएर आएका छन् ।
pasupati-3

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.