"2513058968709111" /> आज जनै पुर्णिमा शुभकामना आदान प्रदान गरी मनाईदै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आज जनै पुर्णिमा शुभकामना आदान प्रदान गरी मनाईदै ।।

श्रावण २५
आज जनै पुर्णिमा शुभकामना आदान प्रदान गरी मनाईदै छ ।
श्रश्रावण शुक्ल पूर्णिमालाई जनै पूर्णिमा भनिन्छ । वैदिक कालदेखि नै द्विजाति ९ जनै लगाउने संस्कार भएका ०९ हरूका लागि यस दिनलाई आत्मशोधन गराउने पुण्य पर्वका रूपमा लिइन्छ । अज्ञानवश वा भूलवश गरेका दोषयुक्त कृत्यहरूको प्रायश्चित्तका लागि र भविष्यमा त्यस्ता गल्तीहरू नदोहोर्याई सत्मार्गमा अभिप्रेरित हुन यस दिन प्रातकालमा नदी वा तीर्थतटमा सम्मिलित भई वैदिक विधि अनुसार सङ्कल्पोच्चारणपूर्वक स्नान, सूर्य आराधना, प्राणायाम, अग्निहोत्र, ऋषिपूजन आदि कामद्वारा शारीरिक, मानसिक एवं आध्यात्मिक शुद्धिका कर्महरू गरिन्छन् । कात्यायन स्मृति, आन्हिक र प्रयोगपारिजात जस्ता ग्रन्थहरूले जनैपूर्णिमाको महìवगान गरेका छन् । श्रावणी उपाकर्मद्वारा सुसंस्कृत भई वैदिक मन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवीत जनै० यस दिन धारणा गरिने भएकाले यस पर्वलाई जनैपूर्णिमा भनिएको हो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.