रेडियो पुष्पाञ्जली दोश्रो वर्षमा प्रवेश ।।
अनिश गैरे वामी टक्सार गुल्मी
भाद्र १
गुल्मीको ग्रामिण भेग वामीटक्सारबाट आफ्नो प्रशारण आरम्भ गरेको सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्जले आजदेखि आफ्नो नियमित प्रशारणको दोश्रो वर्षमा प्रवेश गरेको छ ।
सुचना,सञ्चार,कृषि,पर्यटन विकास र समुन्नत समाज निर्माणका लागी सामुदायिक रेडियो पुष्पाञ्जलीे भन्ने नाराका साथ यस रेडियोले २०७० जेष्ठ २८ गते आफ्नो परिक्षण प्रशारण आरम्भ गरेको थियो भने भाद्र १ गतेदेखि नियमित प्रशारणका कार्यक्रमहरु तथा समाचार प्रशारण गर्दै आएको थियो । त्यस्तै रेडियोले शिक्षा,स्वास्थ्य,कृषि,विकास र स्थानीय सरोकार लगायतका अन्य सामाजिक कार्यक्रम तथा आफ्नै उत्पादनमा दैनिक दुई पटक समाचार प्रशारण गर्दै आईरहेको छ ।
यसैबिच बार्षिकोत्सवको अवसर पारेर रेडियोले आफ्नो प्रशारण अवधी बढाउने भएको छ ।यस अगाडी दैनिक १५ घण्टा प्रशारण हुँदै आएकोमा अब दैनिक १७ घण्टा प्रशारण हुने भएको हो । अबदेखि बिहान ११ बजेबाट दिँउसो १ बजेसम्म पनि प्रशारण बन्द नहुने रेडियोका कार्यकारी प्रमुख कौरव खत्रीले जानकारी दिनुभयो । साथै उहाँले बार्षिकोत्सवमा आफुहरु औपचारीक कार्यक्रम गर्नुभन्दा पनि नितान्त रेडियोको स्तरोन्नती निर लागी परेको र आगामी दिनमा यसलाई अझै थप प्रभावकारी र श्रोतामुखी बनाउँदै लैजाने बताउनुभयो ।
यसैबिच रेडियोका अध्यक्ष सुदर्शन शाक्यले रेडियो श्रोता विज्ञापनदाता र रेडियोलाई यहाँसम्म ल्याईपुर्याउन सहयोग गर्ने रेडियो सञ्चालक समिति पदाधिकारी,सल्लाहकार,शेयर सदस्य लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउनुभयो ।साथै उहाँले अब छिट्टै रेडियोको प्रशारण टावर विस्तार गर्न लागिएको र रेडियो नियमित बनाउने पनि जानकारी दिनुभयो ।रेडियोले आज दिनैभरी विभिन्न सघं संस्थाका प्रमुख तथा प्रतिनिधि एवं श्रोताहरु सगं प्रतिक्रिया तथा शुभकामना लिने छ ।भने रेडियोका कर्मचारीहरुबीच अन्तरक्रिया तथा बार्षिक समिक्षा कार्यक्रम पनि हुने भएको छ ।

No comments: