पौँदीअमराई प्रहरी चौकीले अवैद्य घरेलु मदिरा बनाउने कच्चापदार्थ जफत गरी नष्ट गर्यो ।।
अनिश गैरे वामी गुल्मी
श्रावण १६
पौँदीअमराई प्रहरी चौकी पौँदीअमराई गुल्मीले अवैद्य घरेलु मदिरा बनाउने कच्चा पदार्थ जफत गरी बुधवार नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले अवैद्य मदिरा नष्ट गर्ने अभियान चलाईरहेका बेला पौँदीअमराई प्रहरी चौकीले पनि केही समय अघि देखि गाउँ विकास समिति भित्रका विभिन्न टोल,स्थानीय बजार तथा वरपर गरेको कडा निगरानीले जफत गरिएको करिब १ हजार ५ सय लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ जफत गरी स्थानीय समाजसेवी,बुद्धिजिवी लगायत प्रहरीको रोहवरमा नष्ट गरिएको पौँदीअमराई प्रहरी चौकी ईन्चार्ज राम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मदिरा नष्ट पछि बोल्दै ईन्चार्ज श्रेष्ठले यसरी अवैधानिक रुपमा मदिरा उत्पादन नगर्न आग्रह गर्दै त्यसरी गैरकानुनी रुपमा कसैले मदिरा उत्पादन गरेको भटे प्रहरीलाई खबर गरी प्रहरी र जनताबीच सुमधुर सम्बन्ध कायमा राख्न आग्रह पनि गर्नुभयो ।

No comments: