"2513058968709111" /> गुल्मीको पवित्र तिर्थस्थल रेसुङ्गामा भव्य साउने मेला चल्दै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीको पवित्र तिर्थस्थल रेसुङ्गामा भव्य साउने मेला चल्दै ।।

श्रावण ११
गुल्मी जिल्ला सहित पश्चिम नेपालका थुप्रै जिल्लावासीहरुले ठुलो महत्वका साथ लिने  पवित्र धार्मिक क्षेत्रमा शनिवार भव्य साउन मेला चलेको छ । सुक्रवार  विहानै देखि नै भव्य तयारीका लागि नेपाली सेना गुरुगोरख गुल्मका गुल्मपति सेनानी भिमशंकर वनको नेतृत्वमा पुगेका सैनिहरुले महादेव पोखरी सफा गर्ने अन्य व्यवस्थापन कार्यमा जुटेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो ।
   हरेक वर्ष साउने औंसीका दिन लाग्ने मेला भर्न गुल्मी, अर्घाखाँची, बाग्लुङ्ग, स्याङ्गजा, पाल्पा , रुपन्देही देखि भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् । साउने औंसीका दिन रेसुङ्गको महादेव पोखरीमा स्नान गरे उनिहरुका पितृहरुले शिद्धि प्राप्त गर्ने जन विस्वास रहेको छ ।
  त्यस्तै महिलाहरुले त्यहाँ रहेको शिव लिङ्गमा जल चढाउँदा पुण्य प्राप्त हुने विश्वास अनुसार  साउने औसीको उक्त मेलामा महिलाहरुको अपार भिड लाग्ने गर्दछ ।
   दिनै  भरी रेसुङ्गामा भजन कितर्न र तिज गित गाएर भव्य रमाईलो गरिएको थियो । रसुङ्गामा साउन महिनाभरीनै मेला लाग्ने गर्दछ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.