"2513058968709111" /> परोपकार लघुजलविद्युत परियोजना वामीद्धारा सञ्चालित विद्युत सेवा एक हप्तादेखि अवरुद्ध उपभोक्ता अन्धकारमा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

परोपकार लघुजलविद्युत परियोजना वामीद्धारा सञ्चालित विद्युत सेवा एक हप्तादेखि अवरुद्ध उपभोक्ता अन्धकारमा ।।

अनिश गैरे रेडियो पुष्पाञ्जली वामी गुल्मी श्रावण ११
परोपकार लघुजलविद्युत परियोजना वामी १ बसेरीद्धारा सञ्चालित विद्युत सेवा विगत एक हप्तादेखि अवरुद्ध हुँदा उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य भएका छन् ।
परियोजनाको बाँधमा दरमखोलामा आएको बाढीले क्षति पुर्याएपछि विद्युत सेवा विगत एक हप्ता देखि अवरुद्ध भएको हो । विद्युत सेवा अवरुद्ध भएसगैं यस परियोजना अन्तर्गतको विद्युत सेवा उपभोग गर्दै आएका गुल्मीको वामी गाउँ विकास समितिको वडा नं ४ र ५,मुसिकोट,पौँदीअमराई तथा छिमेकी जिल्लाकोख बाग्लुङको रिघा गाउँ विकास समितिको वडा नं ९ का गरी करिब १ हजार ४ सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत सेवा अवरुद्ध भएसगैं यस क्षेत्रमा सञ्चालित घरेलु तथा साना उद्योगहरु,कुटानी पिसानी मिल लगायत स्थानीयहरु सञ्चार विहिन बन्न पुगेका छन् ।
बर्खा लागे सगैं वर्षा हुने क्रम नरोकिएको र जसले गर्दा दरमखोलामा पानीको बहाप बढेकोले विद्युत सेवा कहिले देखि सुचारु ह्ुन्छ भन्ने कुरा भन्न नसकिएपनि पानीको बहाप घटनासाथ बाँधको मर्मत गर्न सकिने भएकोले विद्युत सेवा सञ्चालन हुुने परियोजनाका अध्यक्ष धर्मेन्द्र कुमार मल्लले जानकारी दिनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.