"2513058968709111" /> श्रद्धाञ्जली सभा सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

श्रद्धाञ्जली सभा सम्पन्न ।।

श्रावण १६
सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्ज वामीटक्सार गुल्मीले आज श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
रेडियो सञ्चालक समितिका सदस्य एवं सेयर सदस्य गोपाल बौँद्धाचार्यकी ममतामयी माता बालकुमारी बौाद्धाचार्यको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।रेडियो सञ्चालक समितिका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षता रहेको कार्यक्रममा रेडियो सल्लाहकार समितिका सदस्य टकंनाथ भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त अवसरमा रेडियोको तर्फबाट रेडियो सञ्चालक समितिका सचिव सरोजराज बौद्धाचार्यले समवेदना पत्र प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा स्वर्गीय बालकुमारी बौद्धाचार्यको सम्झनामा फुलमाला र अविर सहित माल्यार्पण गर्नुका साथै एक मिनेट मौन धारण पनि गरिएको थियो ।
कार्यक्रममा रेडियो सञ्चालक समितिका कोषाध्यक्ष दिनेश खाति,सहकोषाध्यक्ष कल्पना घिमिरे सदस्यहरु टोपनारायण साक्य,सारदा श्रेष्ठ लगायत रेडियो सञ्चालक समितिका सदस्यहरु,कर्मचारीहरु ल्गायतको उपस्थिण्ति रहेको थियो ।
कार्यक्रमको सञ्चालन रेडियोका कार्यकारी प्रमुख कौरव खत्रीले गर्नुभएको थियो ।
यसैबिच नेकपा एमाले गाउँ कमिटी वामीले पनि श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
पार्टीका गाउँ कमिटी सदस्य गोपाल बौद्धाचार्यकी ममतामयी माता बालकुमारी बौद्धाचार्यको निधन प्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।नेकपा एमाले गाउँ कमिटी अध्यक्ष नारायण सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा नेकपा एमाले क्षेब नं २ का क्षेत्रिय सदस्य अग्नीधर लोहनी,महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य हरिहर सापकोटा,युवा सघं जिल्ला कार्य समिति गुल्मीका सदस्य चुरामणी सापकोटा,युवा सघं गाउँ कमिटी वामीका अध्यक्ष भोजराज सापकोटा वामी विश्व सम्पर्क मञ्च वामीशाखाका कोषाध्यक्ष महेश्वर घिमिरे लयातको उपस्थिति रहेको थियो
उक्त श्रद्धाञ्जली सभामा समवेदना मन्तव्य व्यक्त गर्दै रुद्रावति बहुमुखी क्याम्पस वामीका सञ्चालक समिति अध्यक्ष महेश बहादुर जि.सि,नेकपा एमाले क्षेत्रिय उपसचिव प्रकाश काफ्ले,जेष्ठ कम्युनिष्ट लिगं गुल्मीका सदस्य राम चन्द्र श्रेष्ठ तथा  गजाधर सापकोटाले स्वर्गीय बौद्धाचार्यको निधनले आफ्नो सम्पूर्ण पार्टी परिवार स्तब्ध रहेको बताएका थिए ।
कार्यक्रमको सञ्चालन गोपि कृष्ण खरेलले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.