"2513058968709111" /> लगातारको बर्षाका कारण जिल्लाको प्रमुख कच्ची सडक अवरुद्ध ।। - अनिश शर्मा गैरे
Breaking News
recent

लगातारको बर्षाका कारण जिल्लाको प्रमुख कच्ची सडक अवरुद्ध ।।

लगातारको वर्षापछि गुल्मीको प्रमुख कच्ची सडक रिडि रुद्रवेणी वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ ।
हिँजो साँझबाट भएको लगातारको वर्षाले बिचबिचमा रहेका ठाडा खोलाहरु बढेको र सगै बाटोमा भलले खाल्टा खुल्टी पारेपछि सडक खवरुद्ध बनेको हो । पश्चिम क्षेत्रमै सबैभन्दा बढि सवारी आवतजावत हुने यस सडकखण्ड अवरुद्ध बनेसगैं गुल्मीको क्षेत्र नं १ र २ का केही यात्रु तथा बागलुङ बुर्तिबाङ सम्म पुग्ने यात्रुहरुलाई सास्ती भएको छ ।बर्षायाम लागेसगैं पटक पटक अवरुद्ध हुँदै आएको यस सडकखण्डमा ठुला सवारी साधनहरु वर्खा सुरु भएपछि झण्डै २ साता देखी चल्न सकेका छैनन ।भने साना सवारी साधन सञ्चालनमा पनि पटकपटक अवरुद्ध हुदा सास्ती हुने गरेको छ ।
अहिले यस सडकखण्ड अन्तर्गत रिडि देखी रुद्रवेणी सम्मको सडक चौडा पार्ने जिम्मा नेपाली सेनाले लिएको थियो ।जसले गर्दा यात्रुहरु रुद्रवेणीबाट स्याङ्जाको मिर्मिहुँदै बुटबलको यात्रा गरेका थिए ।तर उक्त सडक चौडा पार्ने काम सकिएपनि रकम निकासा हुन ढिलाई भएपछि सडक सञ्चालन हुन सकेको छैन ।त्यस्तै सोही सडकखण्डकै मजुवामा पोहोर साल मात्रै बनाएको पक्की पुल अहिलेनै जिर्ण बनेपछि त्यसको मर्मतको लागी पनि अहिले पहल भईरहेकोले मजुवा पुगेपछि सवारी परिवर्तन गर्नुपर्ने सास्तीले पनि यात्रुहरु हैरानी भएका छन् ।
अविरल वर्षाको कारण तल्लो लब्दी खोला लघु जलविद्युत परियोजना दगातुम्डाडा ९ सक्न्यार वागलुङको विद्युत गृह माथिवाट ठुलो ढुङ्गा सहित खसेको पहिरो ले ९ ओटा पेनेष्टक पाईपमा क्षति पुग्दा विद्युत पूर्ण रुपमा अवरुद्ध भएको छ। पहिरोको कारण रिजर्भ ट्यांकिमा समेत क्षति पुगेको प्रहरी चौकी खर्वाङका हवल्दार पिताम्वर शर्माले जानकारी दिनुभएको छ। विद्युत अवरुद्ध भएपछि दगातुम्डाडा गा।वि।स। वडा नं। ९, ३ र २ का करिव २ सय घर परिवार अध्योरोमा वस्न वाध्य भएका छन् ।
त्यस्तै दगातुम्डाडा गाविसको वडा नं। ६ वाट संचालित गिरौंदिखोला लघुजलविद्युत परियोजनाको विद्युत वन्द हुँदा वडा नं। १, २, ४, ५, ६, ७ र ८ का करिव ११ सय घर परिवार अध्यारोमा वस्न वाध्य भएका छन् । हिजो रातिदेखि परेको अविरल वर्षाका कारण गिरौंदि खोलामा आएको वाढिले विद्युत नहरको मुहान पुरिदियपछि विद्युत अवरुद्ध भएको हो । विद्युत अवरुद्ध भएपछि खर्वाङ वजारमा संचालित संचारमाध्ययम, विभिन्न उद्योग धन्दा पूर्ण रुपमा वन्द भएका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.