"2513058968709111" /> जनजागृति उच्च माध्यमिक विद्यालय काँडेबास बागलुङका पूर्व विद्यार्थीहरुद्धारा विद्यालयको पुस्तकालय निर्माणको लागी सहयोग रकम सकंलन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

जनजागृति उच्च माध्यमिक विद्यालय काँडेबास बागलुङका पूर्व विद्यार्थीहरुद्धारा विद्यालयको पुस्तकालय निर्माणको लागी सहयोग रकम सकंलन ।।

जनजागृति उच्च माध्यमिक विद्यालय काँडेबास बागलुङका पूर्व विद्यार्थीहरुले विद्यालयमा पुस्तकालय,ई लाईब्रेरी र ई लर्निङ कार्यक्रमको लागि सहयोग रकम सकंलन गर्न थालेका छन् ।
विद्यालयमा अध्ययन गरेर हाल रोजगारीको लागि विभिन्न देशमा रहेका प्रवासीहरुले विद्यालयमा कक्षा १ देखी १० सम्म कम्प्यूटर शिक्षा सञ्चालन गर्न,र विद्यालयमा पुस्तकालयको निर्माणको लागी अहिले रकम अभियान सञ्चालन गरेका हुन् ।
बागलुङ मल्म गाउँ विकास समिति वडा नं २ निवासी तथा हाल डेनमार्क स्थित गैरआवासीय नेपाली अन्तराष्ट्रिय समितिका उपसयोंजक समेत रहेका सोमनाथ सापकोटाको अगुवाईमा रकम संकलन अभियान भैरहेको बताईएको छ ।सुरुमा सापकोटाले नै ५० हजार सहयोग गरी रकम अभियान थाल्नुभएको थियो । उहाँले अहिले देश विदेशमा छरिएर रहेका काँडेबास तथा यस आसपासका गा.वि.सबासीहरुलाई सहयोगको अपिल गरी अहिले सम्म करिब १४ लाख रुपैयाँ सकंलन भै सकेको विद्यालयका प्राचार्य तेजेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।उक्त रकम संकलन कार्यलाई विद्यालय व्यवस्थापन समितिका सदस्य रेसम बुढाथोकी हाल युकेबाट,पूर्व विद्यार्थी गगांधर सापकोटा लगायतको पनि सहयोगमा अगाडी बढीरहेको उहाँले जानकारी दिनुभयो ।रकम सकंलन कार्यक्रमका अभियानकर्ता रेसम बुढाथोकीले यस विद्यालयमा अध्ययन गरेर हाल विभिन्न ठाउँमा रहनुभएका व्यक्तिहरुलाई आफुले अध्ययन गरेको विद्यालय प्रति देखाएको सहयोगको प्रशसां गर्दै आगामी दिनमा पनि यसलाई जारी राख्न आग्रह गर्नुभएको थियो ।
२०१४ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल उच्च माध्यमिक सम्मको पढाई हुने गरेको छ ।त्यस क्षेत्रकै शैक्षिक धरोहरको रुपमा रहेको यस विद्यालयले दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको छ ।


No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.