"2513058968709111" /> पौँदीअमराईमा रहेको छत्रभुमी मन्दिरमा पुजेरो मन्दिर निर्माण गरियो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

पौँदीअमराईमा रहेको छत्रभुमी मन्दिरमा पुजेरो मन्दिर निर्माण गरियो ।।

अनिश गैरे वामी गुल्मी , असार २७ गुल्मीको पौँदीअमराईमा रहेको छत्रभुमी मन्दिर व्यवस्थापनको लागी गठित छत्रभुमी विकास प्रतिष्ठानले पुजेरो मन्दिर निर्माण सम्पन्न गरेको छ । संस्कृति तथा पर्यटन मन्त्रालयको ३ लाख र बाँकी स्थानीयको चन्दा एवं सहयोगबाट गरी करिब ९ लाख लागतमा उक्त भवनको निर्माण सम्पन्न गरिएको हो ।४ कोठा रहने गरी निर्माण गरिएको उक्त भवन सहित १ कोठे शौचालयको निर्माण कार्य पनि सम्पन्न गरीएको प्रतिष्ठानका अध्यक्ष हरि बहादुर थापाले जानकारी दिनुभयो । २०६९ सालमा करिब १० लाख ८६ हजार लगानीमा छत्र र भूमी देवताको मन्दिर निर्माण गरिएपनि पुजेरी बस्ने भवन भने जिर्ण बन्दै गएको थियो ।जसअनुरुप उक्त पुरानो पुजरु भवनलाई व्यवस्थित गरी नयाँ भवन निर्माण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।नयाँ भवन निर्माण पछि अब भने पुजेरीहरुलाई पुजाआजाको लागी कुनै कठिनाई नहुने बताईएको छ । पौँदीबासीको आस्थाको केन्द्र एवं गुल्मी क्षेत्र नं ३ कै धार्मिक महत्व बोकेको उक्त मन्दिरमा विभिन्न समयमा पुजा आजा सहित विजया दशमीको भोलिपल्ट ऐतिहासिक महत्व एवं संस्कृति झल्कने सराय नाच समेत हुने गर्दछ । आगामी दिनमा मन्दिरको संरक्षण एवं प्रचार प्रसार गर्दै मन्दिरमा खानेपानीको समस्या रहेको र त्यसलाई व्यवस्थित गर्ने,पौँदी मैदान देखि मन्दिरसम्म जाने बाटोलाई ग्राभेल गर्ने लगायतका कार्यहरु गर्ने योजनामा आफुहरु रहेको उहाँले जानकारी दिनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.