"2513058968709111" /> गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै देशैभर गुरुपूर्णिमा पर्व मनाईदै - अनिश शर्मा गैरे
Breaking News
recent

गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै देशैभर गुरुपूर्णिमा पर्व मनाईदै

गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै शनिबार देशैभर गुरुपूर्णिमा पर्व मनाईदैछ । प्राचिनकालको गुरुकुल शिक्षाबाट प्रारम्भ भएको यस पर्वमा विद्यार्थीहरुले आफूलाई विद्या, विनय र शिष्टता प्रदानगरी जीवनलाई उज्ज्वल भविष्यको मार्गदर्शन गराउने गुरुलाई यथोचित सम्मान प्रकट गर्छन । हरेक वर्ष आषढशुक्ल पूर्णिमाको यस पर्वलाई व्यास जयन्ती पनि भन्ने गरिन्छ । यो दिनले विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई प्रगाढ रुपमा स्थापित गर्नुका साथै गुरु र विद्यार्थीकाबीचमा आत्मीयता, श्रद्धा तथा स्नेह कायम गरेर विद्याका क्षेत्रलाई आदर्श एवं सेवामुलक बनाई अघि बढ्न निर्देशन गर्छ । गुरुपूर्णिमाका अवसरमा काठमाडौंको सिनामंगलमा रहेको प्रकाश सन्यास आश्रमले विशेष कार्यक्रम गर्दैछ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.