पृथ्वी मा.वि वडागाउँ ६ गुल्मीको भवन निमाण समिति तथा निमाण अनुगमन समिति को सयुक्त भेला आज सम्पन्न ।।
अनिश गैरे वामी गुल्मी , असार २७
पृथ्वी माध्यमिक विद्यालय वडागाउँ ६ मुसिकोट मैदान गुल्मीको भवन निर्माण समिति तथा भवन निर्माण अनुगमन समितिको सयुक्त भेला आज सम्पन्न भएको छ ।
भवन निर्माण समितिका अध्यक्ष पदम सिंह ठकुरी अध्यक्षता एवं भवन निर्माण अनुगमन समितिका संयोजक बुद्ध कुमार सुनारको प्रमुख आतिथ्यतामा बसेको उक्त बैठकले नेपाल सरकारको पुन निर्माण तथा पुनस्थापना कार्यक्रम अन्तगतको आर्थिक वर्ष ०७०÷०७१ बाट भवन निर्माणको लागि तिन लाख रुपैयाँ विनियोजन भएको र सो बमोजिम भवन निर्माण कार्य चलिरहेको जानकारी गराएको थियो ।
भवन निर्माण समिति एवं भवन निर्माण अनुगमन समितिका पदाधिकारी तथा विद्यालयका शिक्षकहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन भवन निमाण समितिका सचिव चन्द्र बहादुर पाण्डेले गर्नु भएको त्यहाँबाट हाम्रा संवाददाता विमल नेपालीले जानकारी दिनुभयो ।
No comments: