सुर्योदय लघुवित्त वित्तिय संस्था लिमिटेडको १० औँ शाखा वामीमा ।।
अनिश गैरे वामी, गुल्मी । असार २६
सुर्योदय लघुवित्त वित्तिय संस्था लिमिटेड स्याङ्जाको १० औँ शाखा वामीमा स्थापना गरिएको छ ।
विपन्न एवं समाजमा पिछडिएका व्यक्तिहरुलाई विना धितो त्रृण उपलब्ध गराई उद्योग व्यवसाय खोल्नको लागि प्रेरणा दिँदै आएको संस्थाको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।संस्थाकी वामी शाखा अध्यक्ष पार्वती थापाको अध्यक्षता रहेको कार्यक्रमको संस्थाका केन्द्रीय अध्यक्ष अनन्त कुमार श्रेष्ठले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको थियो ।उक्त अवसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले सवैलाई सधैका लागि वित्तिय सेवा भन्ने उद्धेश्यका साथ स्थापना भएको संस्थाले कृषि,उद्योग,सेवा,व्यापार,तथा अन्य व्यावसायिक रुपले सम्भावना देखिएका उत्पादनशील व्यवसायको स्थापना,विकास र विस्तार एवं उत्पादकत्व वृद्धिको लागि वित्तिय सेवा प्रदान गर्ने र यसमा आवद्ध भई आफ्नो जिविकोपार्जनलाई उकाष्न आग्रह गर्नुभएको थियो ।कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी प्रबन्धक मोक्ष प्रसाद शर्मा विशिष्ट अतिथि रहनुभएको थियो ।
उक्त अवसरमा प्रगतिशिल महिला समुह समुह नं ४ की अध्यक्ष विन्दु सापकोटाले ज्ञानु रसाईलीलाई कर्जा वितरण गर्नुभएको थियो ।उक्त कार्यक्रममा संस्थाका केन्द्रीय कार्यकारी प्रबन्धक मोक्ष प्रसाद पगेंनी नेपालमा रहेका ३६ वटा वित्तिय संस्था मध्ये ३२ औँ स्थानमा २ वर्ष अगाडी स्थापना भएको यस संस्थाले छोटो समयमै प्रगति गर्न सफल भएको बताउनुभयो ।उक्त उद्घाटन सत्रमा धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र डि।सी।आर।डि।सी वामी शाखाकी सञ्चालिका सगिंता सुवेदी,लक्ष्मी नारायण प्राथमिक विद्यालय वामी १ की प्रधानाध्यापक सरिता कक्षपति,नेपाल कुमाल सुधार मञ्च वामीका अध्यक्ष विष्णु प्रसाद कुमाल,समाजसेवी गोपि कृष्ण खरेल,सामुदायिक रेडियो पुष्पाञ्जलीका कार्यक्रम प्रमुख प्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका वामी शाखा निमिक्त प्रमुख प्रकाश पौड्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका केन्द्रीय अधिकृत जयनारायण शर्माले गर्नुभएको थियो ।
स्याङ्जामा केन्द्रीय कार्यालय रहेको यस संस्थाले बागलुङ,म्याग्दी,पर्वत,स्याङ्जा,मनाङ,लमजुङ,गुल्मी,प्यूठान लगायतका जिल्लामा आफ्नो सेवा विस्तार गरेको छ ।भने यस संस्थाले विना धितो कर्जा,धितोमा कर्जा,बचत,लघु विमा,विप्रेषण,लगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।राष्ट्रले अवलम्बन गरेको गरिबी निवारण नीतिलाई सहयोग गर्ने उद्धेश्यले विपन्न वर्गका समुदायको आर्थिक र सामाजिक हिसाबले सहयोगले महिलाहरुलाई बढिमा ३० जनासम्म सदस्यहरुको समुह बनाएर विना धितो कर्जा उपलब्ध गराउने र उनीहरुको जीवनस्त उकाष्न मद्धत गर्ने गर्दछ ।
No comments: