"2513058968709111" /> सामुदायिक रेडियो पुष्पाञ्जलीलाई उपकरण सामाग्री सहयोग रेडियोद्धारा धन्यवाद ज्ञापन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सामुदायिक रेडियो पुष्पाञ्जलीलाई उपकरण सामाग्री सहयोग रेडियोद्धारा धन्यवाद ज्ञापन ।।

अनिश गैरे वामी असार १३ सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्ज वामीटक्सार गुल्मीलाई एक व्यक्तिद्धारा उपकरण सामाग्री सहयोग भएको छ । गुल्मी जिल्ला कुर्घा गाउँ विकास समिति वडा नं ६ उदिका निवासी तारा बहादुर विष्ट र उहाँकी श्रीमती कविता विष्टले आफ्नो बुबा पदम बहादुर विष्ट र आमा शोभा विष्टको नामबाट रेडियोलाई एक थान भिडियो क्यामरा सहयोग गर्नुभएको हो । उक्त क्यामरा आज रेडियोले आयोजना गरेको एक कार्यक्रममा उहाँका पिता पदमबहादुर विष्टले रेडियोका सञ्चालक समिति अध्यक्ष सुदर्शन शाक्य र कार्यकारी प्रमुख कौरव खत्रीलाई हस्तान्तरण गर्नुभएको हो ।उक्त हस्तान्तरण कार्यक्रममा रेडियोका सल्लाहकार एवं वामी श्रोत केन्द्रका श्रोत व्यक्ति टकंनाथ भण्डारी,भगवति प्राथमिक विद्यालय कुर्घा ८ गुन्धाराका प्रधानाध्यापक चुरा बहादुर विष्ट लगायत रेडियोका कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त हस्तान्तरण कार्यक्रममा पदम विष्टलाई रेडियोले खादाले सम्मान गर्नुका साथै सहयोगी विष्ट परिवारलाई धन्यवाद ज्ञापन गर्दे आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.