सामुदायिक रेडियो पुष्पाञ्जली र रुद्रावति बहुमुखी क्याम्पसको एक टोलीद्धारा अवलोकन ।।
सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्ज र रुद्रावति बहुमुखी क्याम्पस वामीटक्सारको आज एक टोलीले अनुगमन गरेको छ ।
नेपाली काँग्रेसका युवा नेता दोर्ण कुमार कुँवर सहितको टोलीले रेडियो र क्याम्पसको अवलोकन गरेको हो ।उक्त अवलोकन कार्यक्रममा नेपाल उद्योग वाणिज्य सघं ईकाई हटियाका सदस्य विर्जन भण्डारी,सामुदायिक रेडियो पुष्पाञ्जली वामीटक्सारका अध्यक्ष सुदर्शन शाक्य,वामी श्रोत केन्द्रका श्रोत व्यक्ति टकंनाथ भण्डारी,रुद्रावति बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रामु तिवारी,सामुदायिक रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख कौरव खत्री,समाचार प्रमुख सागर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
उक्त अवलोकन पश्चात बोल्दै कुँवरले यस क्षेत्रमा सञ्चार र शिक्षा क्षेत्रले मारेको फड्को प्रति आफु निकै खुसी भएको भन्दै रुद्रावति बहुमुखी क्यामस साँच्चिकै नमुना क्याम्पस भएको बताउनुभयो ।त्यस्तै उहाँले वामीको वडा न्ां १ देखि ३ को क्याम्पससम्म जोड्ने पुल निर्माणको लागि आफुले पहल गर्ने बताउनुभएको छ ।त्यस्तै सामुदायिक रेडियो पुष्पाञ्जलीको कार्यक्रम पुष्पाञ्जली सवांदमा बोल्दै उहाँले रिडि रुद्रवेणी वामीटक्सार सडक खण्ड कालोपत्रेको लागि ३० करोड बजेट विनियोजन भईसकेको र अब छिट्टै कालोपत्रे हुुने बताउनुभयो ।
No comments: