"2513058968709111" /> जिल्ला शिक्षा कार्यालय गुल्मीमा सहमतिपछि कार्यालयको ताला खुल्ने भयो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

जिल्ला शिक्षा कार्यालय गुल्मीमा सहमतिपछि कार्यालयको ताला खुल्ने भयो ।।

पि एम मगर गुल्मी । एमाले निकट विभिन्न संगठन तथा पेशागत महासंघले कर्मचारी सरुवाको विरोध गर्दै जिल्ला शिक्षा कार्यालय गुल्मीमा गरेको अनिश्चितकालीन तालावन्दी खोल्ने सहमति भएको छ । तालाबन्दी भएलगत्तै मंगलबार सदरमुकाममा बसेको सर्वपक्षीय बैठकले सरुवा भएका जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत लोकनाथ मरासिनीलाई तत्काल रमाना नदिने, टे«ड युनियनका जिल्ला स्तरीय पदाधिकारीलाई उनीहरुको सहमति विना सरुवा नगर्ने सरकारसँगको सम्झौता भएकाले तत्काल सरुवा रोक्न बिभागलाई जानकारी गराउने सहमतिपछि ताला खोल्ने सहमति भएको श्रोतले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी सहित जिल्लामा क्रियाशिल राजनीति दल, जिल्ला शिक्षा अधिकारी सहितको सर्वपक्षीय टोलीको छलफलपछि सहमति गर्दै शिक्षा कार्यालयमा गरिएको ताला वन्दी खुलाउने सहमति भएको हो । शिक्षा मन्त्रालय र मातहतका निकायले मनोमानी ढङ्गले अनियमित र पूर्वाग्रही ढङ्गले कर्मचारी सरुवा गरेको, जिल्लाको शैक्षिक गुणस्तर खस्कदै गएको, शिक्षा क्षेत्रमा भ्रष्टचार मौलाएको, अभिभावकबीहिन व्याक्तिलाई बिद्यालय ब्यावस्थापन समितिको अध्यक्ष बनाई ऐन नियम तथा कानुन विपरित काम गरेको भन्दै त्यसलाई सच्याउन माग गर्दै तालाबन्दी गरिएको एमाले श्रोतले जनाएको छ । सामान्यतया फाल्गुन र श्रावण महिनामा सामान्य प्रशासन मन्त्रालयको स्विकृतिमा कर्मचारीको सरुवा हुने गरेको भएपनि अहिले राजनीति स्वार्थका आधारमा अनियमित रुपमा समेत कर्मचारीहरु सरुवामा पर्ने गरेको एमालेको टिप्पणी छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.