"2513058968709111" /> छात्रवृत्ति दिवसको अवसरमा विभिन्न विद्यालयहरुमा छात्रवृत्ति वितरण ।। - अनिश शर्मा गैरे
Breaking News
recent

छात्रवृत्ति दिवसको अवसरमा विभिन्न विद्यालयहरुमा छात्रवृत्ति वितरण ।।

वामी गुल्मी असार १० । छात्र वृत्ति दिवसको अवसर पारेर महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय वामी गुल्मीका विद्यार्थीहरुलाई आज छात्रवृत्ति वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिहर सापकोटा,शिक्षक अभिभावक सघंका अध्यक्ष सुदर्शन शाक्य लगायत अन्य पदाधिकारीहरुको उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको हो ।प्रा.वि,र नि.मा.विमा अध्यनरत २ सय ५९ जना विद्यार्थीहरुलाई ६० हजार रुपैयाँ र त्यस्तै १ देखि ८ र ९ र १० तर्फ दलित छात्रावृत्ति ६७ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरेको विद्यालयका प्राचार्य भिमलाल सापकोटाले जानकारी दिनुभएको छ । साथै मा.वि तर्फको छात्रवृत्ति भने भोलि वितरण गरिने पनि उहाँले जानकारी दिनुभयो ।कक्षा १ देखि ८ सम्म २४ जना दलित विद्यार्थी र कक्षा ९ र १० का ८ जना दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो । त्यस्तै नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक मुसिकोट ८ गुल्मीमा पनि आज एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । ऋभिभावकहरुको उपस्थितिमा कक्षा १ देखि ८ सम्म अध्ययनरत दलित विद्यार्थीहरुलाई प्रति विद्यार्थी ४ सयका दरले र नि.मा.वि तर्फै छात्रा विद्यार्थीहरुलाई प्रतिविद्यार्थी ४ सयका दरले नै छात्रवृत्ति वितरण गरिएको थियो ।कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई प्रतिविद्यार्थी १ हजार ७ सयका दरले ६ जना गरी कुल १ लाख ६ हजार ७ सय रुपैयाँ छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक तेजबहादुर महतले जानकारी दिनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.