वामी श्रोत केन्द्रद्धारा विभिन्न विद्यालयमा सञ्चालित प्रथम त्रैमासिक परिक्षाको अनुगमन ।।
वामी गुल्मी असार ११
विभिन्न विद्यालयहरुमा सञ्चालित प्रथम त्रैमासिक परिक्षाको आज वामी श्रोत केन्द्र गुल्मीले अनुगमन गरेको छ ।
वामी श्रोत केन्द्रका श्रोत व्यक्ति टकंनाथ भण्डारीको नेतृत्वमा सारदा विद्या मन्दिर वामी मैदान र खड्कदेवी प्राथमिक विद्यालय वामी ४ को अनुगमन गरिएको हो ।उक्त अनुगमनको क्रममा परिक्षा मर्यादित र शान्त वातावरण सञ्चालन भईरहेको पाईएको श्रोत व्यक्ति टकंनाथ भण्डारीले जानकारी दिनुभयो ।
साथै अन्य भोलि देखि सञ्चालन हुन गईरहेका विद्यालयहरुको परिक्षा तैयारी पनि पुरा भएको पाईएको उहाँले जानकारी दिनुभयो ।उक्त अनुगमनमा सारदा विद्या मन्दिर माध्यमिक विद्यालय वामी मैदानका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढग बहादुर खत्रीको पनि उपस्थिति रहेको थियो ।
No comments: