मेरो बारेमा
मेरो नाम अनिश गैरे हो ।
म गुल्मी जिल्ला वामी गाबीस वडा नम्बर ५ लम्तरीमा बस्ने गर्छु । बाबा पशुपति गैरे तथा माता इन्द्रकली गैरेको कोखबाट मेरो जन्म २०५५ साल असार १२ गते भएको हो , र म अहिले १६ बर्षको भएँ । जन्मदाँको मेरो नाम हेमलाल भएतापनि मलाई अनिश भनेर बोलाउने गरिन्थ्यो र मलाई पनि यो नाम मन पर्न थाल्यो । अनि म यहीँ नाम बाट नै बोलाइन थालेँ ा
म जीन्दगीमा धेरै सुखमा हुर्किएको वा दुखमा पनि ओइन साधारण परिबारमा हर्किएको मान्छे हुँ । मेरो लालनपालन पनि सामान्य रुपमा भयो । बि.स. २०५९ बाट श्री शारदा बिद्या मन्दिर माद्यामीक बिद्यालय वामी मैदानमा अध्ययन को सुरुआत भयो । बिस्तारै बिस्तारै पढाईको क्रम चलिरह्यो । म शुरु सुरुमा पढाईमा लगाब दिने मान्छे होइन तर बिस्तारै बिस्तारै कक्षा अगाडी बढिरहँदा मेरो पढाईको स्तर पनि बढेको जस्तो लाग्थ्यो र , प्रतिक्रिया पनि पाउँथे । बिस्तारै २०६९ सालमा एसएलसी परिक्षा दिने समय आयो अनि दिएँ पनि । रिजल्ट पनि राम्रै आयो जसअनुरुप ७२.७५ प्रतिशत । जुन रिजल्ट अनुसार अहिले बाहीरी क्षेत्रमा नगई म यही वामीटक्सार गुल्मीको महेन्द्र आदर्श उच्च माद्यामिक बिद्यालय वामीटक्सार गुल्मीमा कक्षा १२ मा बिज्ञान शिक्षा बिषय लिएर अध्ययन गरिरहेको छु ।
अनि अर्को कुरा , मलाई सानैबाट रेडियो क्षेत्र अनि प्रबिधि क्षेत्र निकै प्यारो लाग्थ्यो । मैले आफु सँग उपलब्ध सामानहरुको अध्याधिक खुलदुलीका साथ हेर्ने गर्थे । त्यसैले सानैबाट रेडियो सुन्ने अनि फोन गर्ने साथै समाचारहरु पठाउने गर्थे । साथै कुनै नयाँ रेडियोको प्रशारण शुरु भएमा म सुन्न निकै उत्सुक हुन्थे । बि.स. २०७० जेष्ठ २८ गतेको दिन सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्जको स्थापना भयो वामी टक्सार गुल्मीमा । त्यस पछि मैले पनि यही रेडियोमा स्थान पाएँ अनि यहाँ सम्म आएको छु । म धन्यबाद दिन्छु मेरा सम्पुर्ण सहयोगी साथीभाईहरु, मलाई शिक्षा दिने सम्पुर्ण गुरुहरु, दाजुभाई तथा दिदिबहिनीहरुमा अनि सम्पुर्ण शुभ चिन्तकहरुमा । जस्ले मेरो जीन्दगीमा ठुलो भुमिका खेल्यो ।

No comments: