"2513058968709111" /> आर्थिक अभावका कारण उपचार गराउन नसकेकी वामीकी बेलिकला गौतमको स्वास्थ्यमा सुधार ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आर्थिक अभावका कारण उपचार गराउन नसकेकी वामीकी बेलिकला गौतमको स्वास्थ्यमा सुधार ।।

आर्थिक अभावका कारण उपचारको साटो तिन वर्ष देखि कोठामा बन्धक रहेर कस्टकर जिवन विताएकी गुल्मी वामीकी वेलीकला गौतमको स्वास्थ्यमा सुधार आएको छ । केहि दिन अघि रेडियो कार्यक्रम ओझेलका खवरमा उनको कथा व्यथा प्रशारण भए पछि वामी विश्व सम्पर्क मञ्चको नेतृत्वमा सहयोग संकलन भई उनलाई अस्पतालमा भर्ना गरे लगत्तै स्वास्थ्यमा सुधार आएको हो । उनलाई काठमाण्डौं स्थित मोडल अस्पतालमा भर्ना गरिएको छ । तिन वर्ष अघि सुत्केरी हुँदा पाठे घर काटिएर थातै दिशा पिशाव भएकी वेलीकलाललाई यति वेला स्वास्थ्य परिक्षण र आवस्यक औषधी उपचार भई रहेको काठमाण्डौं स्थित रहनु भएका समितिका अध्यक्ष डाक्टर तारानाथ सापकोटा लगायतका पदाधिकारीले जानकारी दिनु भएको छ । वामी विश्व सम्पर्क मञ्च सम्वन्वय समितिका कोषाध्यक्ष बैकुण्ठ रायमाझीले दिएको जानकारी अनुसार ग्लोबल आई एम ई बैंक, ७२०७०१०००७५९६, ज्ञानहरी÷ भक्तिरामको खातामा सहयोगदाताले रकम राखी दिन सक्नु हुनेछ ।हाल सम्म उहाँका लाािग करिव ५ लाख जम्मा भई सकेको वामी विश्व सम्पर्क मञ्चको सहयोग घोषणा बाट पाईएको छ । यसै विच गुल्मीको विरवास २ घर भई हाल कतारमा रहनु भएका ईन्द्रद्धवज डम्वरपालले गौतमका लागि सुरु मैं घोषण गर्नु भएको ५ हजार सहयोग रकम आज तम्घासस्थित उहाँका आफन्त जसपाल भलामीले गौतमको उक्त खातामा राखी दिनु भएको छ । वेली कला मात्र होईन उहाँका छोरा समेत मुटु रोगले पपिडित छन् । उनिहरुको सम्पत्तीका नाममा वास समेत आफ्नो छैन्

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.