"2513058968709111" /> बालशिक्षा प्रा.वि वामी २ तिम्लेचौरमा अध्यापनरत एक शिक्षकको बिदाई ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बालशिक्षा प्रा.वि वामी २ तिम्लेचौरमा अध्यापनरत एक शिक्षकको बिदाई ।।

अनिश गैरे वामी गुल्मी बालशिक्षा प्राथमिक विद्यालय वामी २ तिम्लेचौर गुल्मीले विद्यालयमा अध्यापनरत एक शिक्षकलाई आज बिदाई गरेको छ । वि.स २०५६ साल देखि विद्यालयमा अध्यापन गर्दै आईरहनुभएका शिक्षक कृष्णप्रसाद काफ्लेलाई आज एक कार्यक्रमका बीच बिदाई गरिएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण पन्थको अध्यक्षता रहेको कार्यक्रममा सहरी विकास तथा व्यवस्थापन समिति वामीका अध्यक्ष प्रकाश काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । उक्त अवसरमा शिक्षक काफ्ले विद्यालयमा पुर्र्याएको योगदानको प्रसशां गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।कार्यक्रममा स्थानीय समाजसेवी,बुद्धिजिवी,शिक्षक विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । नन्दकली काफ्लेको स्वागत मन्तव्य रहेको बिदाई कार्यक्रमको सञ्चालन पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिहर सापकोटाले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.