"2513058968709111" /> गुल्मीको हुँगा गाउँ विकास समिति असार १५ सम्म खुल्ला दिशा मुक्त घोषणा हुने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीको हुँगा गाउँ विकास समिति असार १५ सम्म खुल्ला दिशा मुक्त घोषणा हुने ।।

अनिश गैरे वामी गुल्मी गुल्मीको हुँगा गाउँ विकास समिति यही असार १५ गते सम्म खुल्ला दिशा मुक्त घोषणा हुने भएको छ । गा.वि.स सचिव डण्डपाणी पाण्डेले दिएको जानकारी अनुसार गा.विसमा रहेका जम्मा ९ सय ४३ घरधुरी मध्ये ८० प्रतिशतले शौचालय निर्माण गरिसकेको र बाँकी रहेका घरधुरी पनि शौचालय निर्माणको चरणमा रहेको र असार १५ गते भित्र शौचालय निर्माणको कार्य सक्नासाथ गा.विसलाई खुल्ला दिशा मुक्त गा.वि.स घोषणा गरिनेछ ।शौचालय निर्माणको लागि गा.विसमा बसोबास गर्ने विपन्न परिवारलाई २ हजार अनुदान रकम उपलब्ध गराईएको पनि उहाँले जानकारी दिनुभयो । असार १५ गते सम्म पनि शौचालय नबनाउने घरधुरीलाई गा.वि.सबाट प्रदान गरिने सेवा सुविधाबाट पनि बञ्चित गरिने पाण्डेले बताउनुभयो ।साथै यस कार्यलाई अटेर नगरी प्रत्येक घरधुरीले अनिवार्य रुपमा शौचालय निर्माण गर्न र यस कार्यलाई सघाउन पनि गा.वि.सका सरोकारवालाहरु सगं अनुरोध गरेको छ । त्यस्तै गा.वि.समा ९६ प्रतिशत साक्षर रहेको र असार मसान्तमा पूर्ण साक्षर गाउँ विकास समिति पनि घोषणा गर्ने तयारीमा आफुहरु रहेको गा.वि.सका सामाजिक परिचालक दिपेन्द्र पाण्डेले बताउनुभयो । करीब ५ हजार २ सय ५६ जनसंख्या रहेको हुँगा गाउँ विकास समिति गत वैशाख १५ गते पूर्ण खोप गाउँ विकास समिति घोषणा भईसकेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.