"2513058968709111" /> रिघा मा ७ मेगावाट को विद्युत परियोजना को काम सुरु १ - अनिश शर्मा गैरे
Breaking News
recent

रिघा मा ७ मेगावाट को विद्युत परियोजना को काम सुरु १

अनिश गैरे वामी बागलुङको रिघा गाविसमा निर्माण हुन लागेको सात मेगावाट क्षमताको दरमखोला जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ ।आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी रिघा मनेवा दरमखोला जलविद्युत् सहकारी संस्था लिमिटेडले भौतिक पूर्वाधारबाहेकक काम सम्पन्न गर्न लागेको हो । बागलुङका छ रगुल्मीका दुई गाविसलाई समेटेर स्थापना गरिएको उक्त सहकारी संस्थाले आयोजना निर्माणको प्रारम्भिक काम पूरा हुने चरणमा पुगेको जनाएको छ । आयोजना निर्माणका लागि रु एक करोड २० लाखको लागतमा २७८ रोपनी जग्गा खरिद गरी दर्ता गर्ने काम पूरा भइसकेको सहकारीले जनाएको छ । त्यस्तै आयोजनाको सम्भाव्यता अध्ययनदेखि विस्तृत सर्वेक्षणको काम पनि पूरा भइसकेको सहकारीका अध्यक्ष गङ्गा भुजेलले बताए । अध्यक्ष भुजेलका अनुसार अहिले इन्जिनियर तथा प्राविधिकहरूको टोलीले आयोजनाको वातावरणीय प्रभावबारे अध्ययन गरिरहेको छ । उक्त टोलीले छिट्टै प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको अध्यक्ष भुजेलले जानकारी दिए। आयोजनाको वातावरणीय प्रभाव अध्ययन पूरा भइसकेपछि जलविद्युत् खरिद सम्झौताको काम अघि बढने अध्यक्ष भुजेलले जानकारी दिए। त्यसपछि सरकारले संरचना र पूर्वाधार निर्माणका लागि अनुमति प्रदान गरेपछि भौतिक निर्माणको काम रु एक अर्ब ३० करोडको लागतमा बन्ने आयोजनाका लागि रिघा– ३ मा इन्टेक निर्माण गरिने र रिघा–७ गाइघाटमा पावर हाउस निर्माण गरिने आयोजनाका इन्जिनियर मानबहादुर श्रीसले बताए । पाइपलाइन प्रविधिको उक्त आयोजना सार्वजनिक, निजी र साझेदारी अवधारणामा बन्ने जनाइएको छ । बागलुङ जिल्लाको रिघा, पाण्डवखानी, सिसाखानी, दगातुन्डाँडा, मल्म र काँडेवासका साथै छिमेकी गुल्मी जिल्लाका अर्लाङकोट र वामी गाविसलाई कार्यक्षेत्र बनाएर आयोजनाको काम अघि बढाइएको छ । सहकारी संस्थामा हाल एक हजार २९० सेयर सदस्य रहेका छन् । कार्यक्षेत्रभित पर्ने सबै गाविसका बासिन्दाबाट सेयर पुँजी सङ्कलन गरेर आयोजना सम्पन्न गर्ने लक्ष्य सहकारीले लिएको छ । गाउँकै लगानीमा आयोजना बन्ने भएपछि दिनप्रतिदिन सेयर थपिने क्रम बढेको छ । तीनवर्षभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्य सहकारीले लिएको छ । आयोजना निर्माणका लागि कम्पनी छनोटको काम खुल्ला प्रतिस्पर्धाबाट गराइने अध्यक्ष भुजेलले जानकारी दिए। उक्त आयोजना सञ्चालनमा आएपछि बागलुङ जिल्लालाई नै पुग्ने गरी विद्युत् उत्पादन हुने जनाइएको छ । पानीको प्रचुर स्रोत भएको स्थानीय दरमखोलाबाट उत्पादन हुने विद्युत्ले त्यस क्षेत्रको कृषि, औद्योगिक र पर्यटकीय विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ । आयोजना निर्माणका लागि गत वर्ष माघ १८ गते विद्युत् विकास विभागबाट सहकारीले अनुमतिपत्र प्राप्त गरेको थियो । सहकारीले यति ठूलो लगानीमा निर्माण गर्न लागेको विद्युत् आयोजना मै पहिलो हो । दुई, वर्षअघि विद्युत् आयोजना निर्माणकै लागि भनेर सहकारी स्थापना गरिएको थियो । रिघामै स्थायी कार्यालय खोलेर संस्थाले आयोजनाको काम अघि बढाएको छ

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.