"2513058968709111" /> पौँदीअमराईमा रहेको सिता गुफा उचित संरक्षणको अभावमा ओझेलमा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

पौँदीअमराईमा रहेको सिता गुफा उचित संरक्षणको अभावमा ओझेलमा ।।

अनिश गैरे वामी गुल्मी गुल्मीको पौँदीअमराई गाउँ विकास समितिमा रहेको सिता गुफा उचित संरक्षणको अभावमा ओझेलमा पर्न थालेको छ । पौँदीअमराई र दोहोली गाउँ विकास समितिको किनारामा पर्ने उक्त गुफा उचित संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा पर्न थालेको हो ।पर्यटकीय तिर्थस्थल र धार्मिक महत्व बोकेको उक्त गुफाले पौँदीअमराईको प्राचिन संस्कृति बोकेको समेत जानकारहरु बताउँछन् ।उक्त गुफामा विष्णु महेश्वर,सिताराम,काग,लाली गुराँस,नाग,हात्ति,पोखरी लगायतका ६१ प्रकारका चित्रणहरु देख्न पाईने गुफा संरक्षणको अध्यक्ष चन्द्र के।सीले जानकारी दिनुभयो । आर्थिक अभावले गर्दा चाहेर पनि उक्त गुफाको संरक्षण गर्न नसकिएको भन्दै उहाँले गुफा अवलोकन गर्न आउने र स्थानीयको जनश्रमदानबाट उठेको केही रकमले उक्त गुफा संरक्षण र सवंद्धन गर्ने प्रयासमा आफुहरु लागी परेपनि त्यो प्रयाप्त नरहेको उहाँले बताउनुभयो ।साथै हाम्रो प्राचिन महत्व बोकेको र पर्यटन आवागमनले समेत महत्वपूर्ण ठाउँ रहेकोले यसको संरक्षणमा लाग्न समेत सबैलाई समितिले आग्रह गरेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.