"2513058968709111" /> पिकनिक डायरी -२०७४ ! (पार्ट १) - अनिश शर्मा गैरे
Breaking News
recent

पिकनिक डायरी -२०७४ ! (पार्ट १)

भनौ गर्मीलाई चिसो र चिसोलाइ गर्मीले छोपिरहेथे ! समय सुस्त गतिमा चल्दो थियो । धड्कन एकतर्फी बढ्ने क्रममा थियो । एक तर्फमात्र बज्ने इएरफोनमा गीत बज्दै थियो - धिरे धिरे, साइबो के के अरु पनि । हिन्दी गीत हो । स्वर म्युजिक मीठो छ । तर अर्थ कत्तिपनी बुझेन दिमागले ।
'आज पिकनिक पोहोरभन्दा रमाइलो हुनेछ' कोखैमा बासेको भाइले बोल्यो । झस्किएँ म एक टक ।
बिहान ८;१५ बजे । पिकअप एक्कसी बाग्लुङ्गको हरिचौर बजारमा रोकियो । शान्त बजार । घाम बल्ल देखिन लागेका । चिसो । 'ए भाइ सामान निकाल' एउटा मास्टर बोल्दिए । समय त्यही थियो, जतिबेला म तिम्रो आगमनलाइ कुरिरहेथेँ । 'ए भाइ सामान निकाल' भन्ने शब्दले मलाइ दुई कदम पर पुर्याइदियो । मैले तिम्रो सम्झनालाइ पर कुदाउनुपर्ने भो । छि कस्ता मास्टर ! सामान खुरुखुरु आफैले निकाल्या भा हुन्थेन? केही समयको कल्पना भँग हुँदा म दिनभर हुने रमाइलो भन्दा बढी पिडित भएँ र सरासर सामान ओसार्न थाले उहीँ गह्रौं भारी मनका साथ ।
बिहान साढे नौ बजे बिहानको नास्ता पाक्यो । धेरै काम गरिसकेपछी बल्ल खान पाइयो । साउन्ड सिस्टम बजाउन मन लाग्यो । सबै तारबार जोडेर बजाउन थाले । बज्न थाल्यो गीत- यात्रा गर्दा नबोलेरै माया बस्यो लगायत अरु केके बोल्दै थिए दुई जना । मैले त्यही सम्झिएँ । जुन एउटै बसमा यात्रा गर्दाको तिम्रो र मेरो भेटको । तिमी बोलिनौ । बोल्न खोजे झै पनि गरिनौ । यता म बिचरो ! तिम्रै आवाज कतिबेला सुन्न पाउला भन्ने सोचिरहे । बोलिनौ । अहँ बोलिनौ । सोचेँ कतै यो डम्ब त छैन ? मोबाइलले फोन आएको कुरा बतायो । खल्तीमा चेक गरे । मेरो मोबाइलमा थिएन । उनैको फोनमा रहेछ । 'बाबा म आइपुग्न लागे, अब दस मिनेट' । बोली बन्द । यता मेरो सन्तोषको घडी बन्द । छुट्टिन बाकी दस मिनेट घट्दै नगटोस भन्ने सोँच मनको । मेरो घडीको सुइ बटारेर हुने भए त्यति गर्न मलाइ कसैले सिकाउनु पर्थेन । जसरी पनि कट्यो दस मिनेट । पापी ड्राइभर । पापी गाडी । ड्राइभर ले सुस्त चलाएको भए हुन्थेन ? त्यही बेला गाडी बिग्रेको भए हुन्थेन ? कत्तिका जरुरी कुरालाइ गौण मान्दै उनिलाइ देख्न पाउने अवधी बढाउनकै लागि मैले यसो भन्दिएँ, पापी म ।

अन्य मिनेट भन्दा छिटो बिते यी दस मिनेटहरु । बिदा हुनै पर्यो । म पनि यही झरिदिउ ? भो ! त्यसोभए कता जान्छस? खुरुखुरु बस ! अर्को मनले भन्यो । एक शब्द पनि नबोली सकियो त्यो दिनको कथा ।

गीत बज्न छोडिसकेछ । अगाडि नास्ता मौजुद थियो । मास्टर बोल्दै थिए - भाइ नास्ता खाउ किन टोलाइ रा?

फेरि उहीँ बिग्रहको दुनियामा पुग्या रैछु । अब त गीत पनि पापी भो । पापी गीत । अब खसी ढाल्ने समय भयो । ढाल्यौ । सबै गर्यौ । यत्तिकै मा लाइन लगाउदै सबै साथीहरु आए । उनी पनि आइन । कुर्था सुरुवाला मा आएकी थिइन् । अर्कै सञ्चार थियो शरीरमा । सायद यस्ले नि उसको आगमनलाइ थाहा पायो होला ।

यस्तै यस्तै चल्दै गयो । भरत बम मल्लले राज गरेको दरबार अघि मोबाइल र डायरी लिएर खडा छु म । त्यही दरबारको सम्मुख तिमी छौ । कल्पन्छु, त्यो दरबार हाम्रै हो । त्यो दरबार तिम्रो हो । मेरो हो । त्यस भित्र भएका दुई जीव तिमी र म हौ । त्यो भित्रको माया तिम्रो र मेरो हो । अनि बाहिर आएका ती हाम्रा भिजिटर हुन । असल प्रेम कहानी बनाउन भनी सिक्न आएका हुन ।
तर यो सबै मिथ्या हो भन्न मेरो मनले हिचकिचाउदैन । सत्य भए पो हिचकिचाउनु । कहाको राजदरबार कहाको म पागल प्रेमीको झुठो कहानी ।

दिनभर गीत बजिरहे । तिमी नाचिरह्यौ । म पनि ननाचेको कहाँ हो र? तर तिमी उता म यता । सबैका सामु तिम्रो हात समाएर हाम्रै विवाहमा बजेको बाजामा जस्तै गरि नाच्न मन नभएको पनि कहाँ थियो र? तर मलाइ थाहा थियो । त्यसो हुन कदापी सक्थेन । झुक्कीएर नजिक पुग्न खोज्दा तिमी कता लुक्थ्यौ । कतै कतै त्यो हातमा स्पर्श हुदाको पल पनि रेकर्ड गर्न नपाइ हराउथ्यो ।
त्यही पल आउन फेरि एक घण्टा लाग्थ्यो । सन्नाटा हुन्थ्यो । त्यो समयपनी तिम्रो करिब हुन नसकेरै गयो ।
अर्को कुरा, त्यो मरनच्यासेले तिम्रो करिब हुन खोजिरह्यो । मैले तर्काउन आफू तिर तान्न खोजे । तर भएन । निच बनेर हेरिरहे । तर उस्ले पनि त्यो स्वर्णिम अवसर पाउने भाग्यमानी कहाँ हो र ?
त्यस्तै कल्पनामा बित्यो दिन । तिम्रै समिप जाने इच्छा पनि त्यसै सुक्यो । तिमी र म त्यो गाइघाटको झरनामा पुगि सेल्फी खिच्ने अभिलाषा पनि मर्यो । एउटा जन्मनै नसकेको पिरती मर्यो ।
मलाइ थाहा छ,
-त्यही सेल्फी खिच्न नपाउनु पिरती मर्नु होइन ।
-सँगै हात समाएर नाँच्न नपाउनु पिरती मर्नु होइन ।
-हरिचौरको पिकनिक प्रेमिल बनाउन नसक्नु मेरो पिरती मर्नु होइन ।

तर मलाइ यो पनि थाहा छ- यो प्यार एक अजीव प्यार हो । अजीव प्यार हो। दुनिया याद राख्ने प्यार हो । तर... समय । र आउनेछ ।
हिजो बसको यात्रामा एकै होटलमा खाना खाएका हामीले आज आफै मिलेर पकाएको खाना खाएका छौ । र कुनै दिन यस्तो रङ्गीन पनि हुनेछ- कि एउटै घर भित्र हामी खाना खानेछौ । एकैठाउ हुनेछौ । एक हुनेछौ ।

ए, दिनभरको पिकनिक डायरी लेख्छु भनेर लागेको म, कहाँ कहाँ पुगेछु । धत । भावनामै बहकिएका शब्दहरु देखेर आफैलाइ लाज पो लाग्यो । अनि त्यो भावनाका शब्द भित्रकी 'कुर्थासुरुवाल' वाली को थिइन होला ? कल्पना न हो । कता कता पुगिन्छ । कोकोलाइ भेटिन्छ । केके गरिन्छ । पत्तै छैन । अजीव छन यो मन ।
अँ म भन्दै थिए । पिकनिक रमाइलो थियो । अर्को बर्ष कुर्नुछ यहि दिनको लागि । हत्तेरी । जम्मा अब ३६४ दिन बाँकी ।
-अनिश शर्मा गैरे, गुल्मी ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.