महेन्द्र आदर्श उमाबि वामीटक्सार गुल्मीमा सिसि क्यामेरा जडान !
अनिश शर्मा गैरे, वामी गुल्मी, फाल्गुण २६ गते ।।
महेन्द्र आदर्श उमाबि वामीटक्सार गुल्मीमा सिसि क्यामेरा जडान गरिएको छ ।



सोही अनुरुप बिद्यालयमा ३ वटा आउटडोर र १७ ओटा इन्डोर क्यामराहरु जडान गरिएको छ । बिद्यालयको अफिस कक्षा कोठामा सो क्यामराहरु जोडिएको हो ।
बिद्यालयमा सञ्चालीत अँग्रजी माध्यममा १ इन्डोर र ८ आउटडोर क्यामरा जोडिएको छ भने अन्य बाँकी सबै बिद्यालयको नेपाली माध्यम तर्फको भवनमा जोडिएको बिद्यालयका अँग्रेजी माध्यम प्रमुख रामचन्द्र सापकोटाले जानकारी दिनुभएको छ । २० ओटा क्यामराको सम्पुर्ण मुल्य २ लाख ६५ हजार भएको समेत उहाँले जानकारी दिनुभयो ।

बिद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गराउनको लागि एक आबश्यकता महसुस गर्दे सोही अनुसार क्यामरा जडान गरिएको बिद्यालयका निमित्त प्राचार्य बुद्धि प्रसाद शर्माले बताउनुभयो । बिद्यालयमा रहेको सम्पुर्ण सामग्रीहरुको सुरक्षाको लागि पनि सो कार्य महत्वपुर्ण हुने भएको हुँदा आफ्नो भ्रमणमा यस्तो पहल गरेको प्राचार्य सापकोटाको भनाइ रहेको छ ।
अफिसबाट कक्षा कोठामा के कस्ता गतिबिधिहरु भइरहेका छन भनी जानकारी लिन र समग्र शैक्षिक बस्तुस्थितीको रेकर्डको लागि पनि यो कार्य महत्वपुर्ण हुने प्राचार्य सापकोटाको बिश्वास रहेको छ ।
Photos by : Dibi Rayamajhi Krishna.
No comments: