"2513058968709111" /> राजनीतिक इन्जेक्सनले मात्र समाज रुपान्तरण हुन सक्दैन ः सांसद चन्द्र भण्डारी भण्डारी ! - अनिश शर्मा गैरे
Breaking News
recent

राजनीतिक इन्जेक्सनले मात्र समाज रुपान्तरण हुन सक्दैन ः सांसद चन्द्र भण्डारी भण्डारी !

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ का माननीय सांसद चन्द्र भण्डारीले राजनीतिक इन्जेक्सनले मात्र समाज रुपान्तरण हुन नसक्ने बताउनुभएको छ । 
राजनीति देश तथा समाजको बिकासको लागि हुनुपर्ने बताउँदै सासँद भण्डारीले आफ्नो स्वार्थबाट माथी उठेमा मात्र सबैको भलो हुने बताउनुभयो । खड्कदेबी प्राबि कुर्घाको रजत महोत्सबको आजको कार्यक्रमलाइ उद्घाटन सहित सम्बोधन गर्दे उहाँँले नेपालीहरुले रगतको खोलै बगाएर भएपनि देशलाइ अरुको गुलाम र बिखण्डन हुनबाट बचाउने बताउनुभएको छ । आज सम्म नेपाल बनाउनको लागि हजारौ नेपालीले रगत बगाएको तथा  नेपालीहरु आफ्नो अधिकारको लागि ज्यानको बलिदान दिन पनि तयार रहेको बताउनुभयो । सांसद भण्डारीले ९० प्रतिशत जनताको सहमतीमा बनेको संबिधानले सबैको हकअधिकार सुनिश्चित गरेको बताउँदै देशलाइ सुरक्षा गर्न नसकेको अवस्था सिर्जना हुन लागेको बताउनुभयो । नाकाबन्दीको समयमा भएको पीडालाइ सम्झदै उहाँले प्रदेश नम्बर ५ टुक्राउने प्रस्ताब कुनै पनि हालतमा सफल नहुने बताउनुभयो । प्रदेश नम्बर ५ को बारेमा बोल्ने तथा काम गर्ने अधिकार यही प्रदेशका जनतालाइ भएको बताउनुहुँदै उहाँले सघिंयताले संबिधान नै कार्यान्वयन गर्न नदिएमा जनमत सङग्रहमा जानुपर्ने बताउनुभएको छ । संबिधान कार्यान्वयको बिकल्प नरहेको उहाँको भनाइ छ ।
भण्डारीले नेपालीहरु आफुमा भएको सम्पत्तीलाइ प्रयोग गर्न नजानेरै दुख पाएको धारणा राख्नुभएको छ । महात्मा गान्धी र उनकी श्रीमती कस्तुरवाको प्रसँग जोड्दै उहाँले नेतृत्वकर्ताले सबैमा अभिभाबकत्व प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले नेताहरु जिम्मेवार नबन्ने कारणले नै अहिले दुख पाएको धारणा राख्नुभयो । 
धेरै बर्षपछिको उपलब्धिको रुपमा आएको सबिंधान कार्यान्यवन गर्न सबै राजनीतिक दल मिलेर अगाडी बढ्नु पर्ने नेता भण्डारीको भनाइ छ । 
फरक प्रसँगमा उहाँले गुल्मीमा निकै कम कम दुरीमा पुलहरुको योजना आफुले पारेको बताउँदै आफु सदैब जनताको लागि काम गरिरहने बताउनुभयो । 

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.