"2513058968709111" /> एउटा बिरामीको बिछोड प्रेम कथा - अनिश शर्मा गैरे
Breaking News
recent

एउटा बिरामीको बिछोड प्रेम कथा


सधैं आमा मेलामा जानुहुन्थ्यो । बुवा परदेशमा भारी बोक्न । पत्याउनुहुन्छ भने मैले आफु नौ बर्षको हुँदादेखी खेतबारी जोत्न थालेको । त्यसैले त मान्छे पनि हलोको अनोक भन्दा अल्को ृअग्लोे नभाुको, हा हा १११ त्यही त गाउले जिन्दगी । घरबाट धेरै तल सिर्दी खोलामा बुवाले केही सुर्को खेत जोड्नुभएको थियो । आफुभन्दा लामो हलो, घरमा भएको लाले गोरु अनी ठुलो बुवाको घरमा भएको चम्रे गोरु लिएर एक बिहानै म खोलाको खेतमा गोरु नार्न पुग्थे । सानो मान्छे, टाढाको खेत र अफ्ट्यारो बाटो । जाबो दुई घण्टामा कति नै जोत्न सकिन्छ र रु आफु फेरी पाठशाला पुग्नु छ । बन पार गर्दै उकालीदा बाटामा पर्ने १३ किलो बजारबाट आफ्नै स्कुल पढ्ने साथीहरु आठै बजे बसमा चढेर स्कुल लाग्थे । कोही छतमा बसेर फ्रूटी चुस्दै त कोही बसको ढोकामा झुन्डेर वाइ(वाइ चपाउदै । तर प्राय म हलो खेतमा गाडेर जुवा चाँही अरुले चोर्लान भनेर आफ्नै काधमा लट्ठिले अड्याउदै उकालीन्थे ।

यसरी नै चले आफुले जाने देखिको बालकाल र स्कुले जिबन । एक दिन परिवार सँग टन्टलापुर घाममा घैया गोड्दै गर्दा दिउसै कता कता एकदम डर लागेर आयो । किनकी एस एल सिको नतिजा आउने बेला भइसकेको थियो । आफु हिसाब भने पछी कुनी के हो आउने । अगाडि परेकी साथीको ृजो कक्षामा दोस्रा थीइने को चोरेर पास हुने आस । रामाराम, त्यो एस एल सि फेल भएको भए म आजसम्म हिसाबकै परिक्षा दिइरहेको हुन्थे । त्यसै डरको बिचमा आफुमा पनि सपनाको नगरि ूनेपाल शहरू जाने रहर जागेर आयो । १५ बर्षको उमेरमा बुवा सँग ५०० रुपैया लिएर काठमाडौं आएपछी हामीहरुले गाउबाट आएपछी गरिने दुस्ख त पहिले नै लेखिराखेको हुन्छ नै । छैटौ दिनमा पुर्पुरोमा जस्तो लेखिएको थियो, त्यस्तै दुस्ख गरियो, बसियो, चलियो अनी चलाइयो । खैर प्रसँग अर्कै तिर गयो जस्तो छ ।

जसरी शहरी दिनचैर्या गाउले तरिकाले चलेको थियो । प्रेम भन्ने नौलोचैर्या त्यतिखेर मेरो जिन्दगीमा शायद शहरी तवरले चल्यो झै लाग्यो । दिनभरी ठमेलमा अरुकोमा काम गरिन्थ्यो । साझ लेखनाथ मार्गको मस्मस् खाएर क्याम्पस पढिन्थ्यो । राती पढेपनी किन किन दिउसो पढ्न मन लागेर आयो । अलिअली राजनीति गर्ने बानी त्यतिबेला । बढी नै बोल्न पर्ने । साथीहरु अनेक तरहका हुन्थे । काम र अली अली आम्दानी अनी नचढिएको नौलो मायाको ताम्दानिले कता कता काउकुती लागे झै हुन थाल्यो ।

दसैंमा घर गएर फर्के पछी सँगै बस्ने मेरो साथी केही महिना नफर्कने कारणले म कोठा सर्ने निधोमा पुगे । कती हुन्थ्यो र सामान रु एउटा कम्बल, फमको ओछ्यान, कुकर र दुई चार वटा किताब अनी एउटा रातो प्लास्टिकको बाल्टी । आधा घण्टामा सरियो बास । सरेको ठाउमा सामान सार्दै गर्दा मुल ढोका खुलै थियो । भोक लागेकोले कालो चिया र एक पाउन्ड पाउरोटी भकुर्ने जोहोमा पसलबाट फर्केको त ढोका बन्द। अब परेन फसाद १११ कसलाई बोलाउने रु को को बस्छन त्यहा, आफुलाई थाहा छैन । त्यती बेला कसैको मोबाईल थिएन । के गर्ने रु यसो हेरेको घन्टी बजाउने ठाम रुछ । बजाउनै पर्योई । टिङ्डिङ पारेको त, दुई सेकेन्डमा एउटी पार्वतीको उपस्थित भयो त्यहा । जालन्धरले पार्वती देख्दा मुर्छा परे सरि भए म त्यस बखत ।

अब ठमेलको मस्मस् होइन, कोठामा भात पकाएर खाने बहानारुपी जागर जागेर आयो । त्यतिबेला हिट्स एफ एम को ूमेरो कथा ( मेरो गीतू खुबै प्रख्यात थियो । सन्योग, मेरो खाने छुट्टी पनि त्यती नै बेला हुने । मेरो कथा नआउने दिनमा माया र पिरतिका गीत बजाउन थाल्ने भएछु । बजाए पनि । कोठाको कुनापट्टी त्यो फ्ल्याटमा बस्नेहरुले प्रयोग गर्ने पाइखाना रहेछ । जब मैले बजाएका गीत अनी अरुले एफ एम मा भनेका गीत बज्दथे, त्यो पाइखाना र मेरो कोठाको जोडीएको झ्यालमा ति ूपार्वतीूको आवागमन हुन थाल्यो । उनी कहिले लुगा धोएकी हुन्थिन त्यता त कहिले बिचरी पाइखाना जादी हुन । म भने मैले बजाएका संगीत सुन्न आएकी मोरी भनेर कुन्ता त फोन्द्रे नाक झन ठुलो बनाउथे अनी बोल्ने बहाना बनाउथे । ूकस्तो राम्रो गीत बजाएको दाई रुू कुनै किताब पढिरहेको मेरो दिमाग उनको प्रश्नोत्तरका खातिर आतुर भए । उत्तर कस्तो हुन्थ्यो, त्यो यहाँ किन लेख्नु पर्योन र । कुर्कुरे बैशको मायाको उत्तर कसलाई पो थाहा हुँदैन होला र रु

एबम रितले चल्न थाले दिनहरु । उनी पनि म पढ्ने क्याम्पसमा पढ्ने रहिछन । उनको दाजुहरु मेरा सहपाठि(समकक्षी रहेछन । उनकी दिदी मैले काम गरेको ठाउबाटै अफिस जानुहुदो रहेछ । उहालाई म सधैं देख्दथे । विश्वकप फूटबल हेर्न उनको कोठामा जम्मा भएका साथीहरु सबै नजिकका रहेछन । मेरो आँखा उनको सिसाको दराजमा उनको आँखा सँगै त अरुका आँखाहरु टि भि तिर । परिचय, सम्बन्ध र बोलाकिले उनका सबै आफन्तहरु अब मेरा पनि हुन लागे । जिन्दगीमा नयाँ उन्माद र तरङहरुले छाल र तप्काहरु छोडे झै हुन थालयो । निचोड्मा भन्नुपर्दा, अब उनको मेरो बारेमा सबैलाई ज्ञात हुन थाल्यो । अनी सबैले स्विकार्न थाले ( हाम्रो आत्मिय मायालाई । क्याम्पसमा हामीले आयोजना गरेका बनभोज र अन्य कृयाकलापमा एउटा पारिवारिक सदस्यले जसरी उनले मलाई सहयोग गर्न थालिन ।

मेरा अती हितैशी मित्र एक दिन मेरो कोठामा आउनु भएको थियो । मेरो निमन्त्रणामा ( साग र भात पकाएर सँगै खाने रहरले । त्यस दिन जिन्दगीमा पहिलो चोटि प्याला पियौ हामीले । तर प्रेमको उन्मादमा भने पक्कै थिएन त्यो पिलाई । मलाई सन्चो नभएको जस्तो लागेको थियो । कती बखत के भयो थाहा भएन । अर्धचेत अवस्थामा म त बिर अस्पातलको आकास्मिक कक्ष पो लडिरहेको रहेछु । भोलीपल्ट अली होशमा याद भयो, मैले लगाएको मोजा कसैले खोल्दिदै शरीरलाई आराम महसुश गराउने कोशीश गर्दै थियो । यस भित्र धेरै कथाहरु छन । जुन यहाँ सबै खोलेर अबश्य सम्भब छैन ।

मलाई ब्यथाले छोडेन । परिवारको जेठो सन्तान म । घर अनी आफन्तहरु सबै पिरोलिन थाले । म आफुलाई पनि लाग्यो । अब म कदापी बाच्दिन । बीर अस्पातलको कथित प्रख्यात सर्जन डि बि शाह भनाउदोले मलाई केटी र प्रेमको कारणले चिन्ता जागेर त्यो हालत भएको बताएछ । म त प्राय सधैं बेहोश । कहिले कहिले खुल्थ्यो होश । आफन्त र उनै ूपार्बतीू को घना उपस्थिती भएको पाउथे ( ब्युझदा । उनले पनि सुनिछन, डा। को त्यो भनाइ । यस्ता कुरा होश आउँदा आफुले साथी मार्फत थाहा पाएपछी बेहोश भए पनि म निको भएको बहनाले डिस्(चार्ज हुने निधो गरे । म मेरो करणले कसैले दुस्ख नपाउन भन्ने मनसिकताले सार्है ग्रसित भए । मेरा आफन्तहरुले अब उनी र मेरो विवाह गर्ने निर्णय सहित् भोलिपल्ट उनको परिवारलाई भेट्न जाने निधो गरेछन । कोठामा मलाई ल्याको अली अली याद थियो ( अस्पातलबाट । तर ब्यथाले मलाई छोडेन । भोलिपल्ट कोही बिहेको कुरा गर्न त कोही डा। उपेन्द्रसँग न्यूरो सम्बन्धी जचाउन लाने कुरो भएछ । म फेरी बेहोश । छट्पटिदै बीर् अस्पातलमा उपेन्द्र देवकोटा कुरेको याद छ । मेरो ब्यथाले अरु बिरामीले मलाई निर्धारित पालो भन्दा अगावै जान अनुमती दिएर ठुलो मानवता देखाएछन । भित्र कोठामा गएपछी उनले भने रे कि चार मिनेट ढिलो भाुको भए, मेरो मृत्युु निश्चित । कारण, मलाई म्यानेन्जाइटिस भएको रहेछ । न्यूरो वार्डमा लगेर एक हातको सुइ दिएपछी बल्ल मैले पुनर्जन्म पाएको महसुश हुन थाल्यो ।

अस्पताल बसेको झन्डै एक महिना भैसकेको थियो । बाहिरको संसारमा के भइरहेको थियो, म जानकार कदापी थिइन । हल्ला अनी अनेक हल्ला मात्र । भए नभएका कुरा हरु मात्र । कल्पना अनी ममता मात्र । मलाई पुरै निको भयो । एक हाते सुइ लाएपछी मैले उनलाई केही दिन त देखेको थिए । अस्पातलबाट बाहिरिएपछी मलाई कसैले फोन गरेन । उनिले पनि वास्ता गरिनन । शायद मेरो दोश थियो होला । एउटा बिरामीको, रोगिको अनी बिबशताको दोश । म फेरी कर्मथलो ठमेल फर्कन थाले । मैले गरेका उनका फोनका घन्टिमा बिद्रोहका अरु कसैका तिरस्कारहरु सुनिन थाले । म यूरोप गए । मेरो बिहे भयो । मेरी श्रीमती बिरामी भइन । मेरो छोरो जन्मियो । यती पस्चात मैले उनको बिहेको कुरा सुने । म बस्ने नजिकैको मन्दिरमा उनको धुमधाम बिहेको उन्माद सुनिन्थ्यो । उनी अन्मी रहदा म र मेरी आमा काठमाडौं आउँदै गर्दा मैले आमालाई भने ( ू आमा त्यो कबिताको बिहेको रमिता हो । ू आमा दङ्ग पर्नु भो । म पनि अहिले सम्म दङ्ग छु । सुनेको छु, उनको दुई वटा छोरा जन्मिसकेका छन । म चाहन्थे, ुकम से कम भगवान एउटा छोराको नाम मेरो जस्तो जुराइदेउ ।ु तर थाहा छैन के भइरहेको छ उनको दुनियाँ । म त परदेसिएको पनि पाचौ बर्ष पुरा भएछ । तर ममताको साहराले उनिसङै जिउने मेरो मनको रहर शायदै पुरा भयो १११ उनलाई सदा सुख होस् । मंगलमय दिनहरुले सदा सर्बदा प्रगती गराउन । यो भन्दा म के नै तथास्तु पुकार्न सक्छु र रु

No comments:

Anish gaire. Powered by Blogger.