"2513058968709111" /> जनज्योती माबि गुल्मीको ५७ औ बार्षिकोत्सबको अवसरमा लाखौ सहयोग प्राप्त ! - अनिश शर्मा गैरे
Breaking News
recent

जनज्योती माबि गुल्मीको ५७ औ बार्षिकोत्सबको अवसरमा लाखौ सहयोग प्राप्त !

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
जनज्योती माबि पौदी अमराइ २ अरेवा गुल्मीको ५७ औ बार्षिकोत्सब तथा अभिभाबहक दिवसको अवसरमा बिद्यालयलाइ लाखौ सहयोग प्राप्त भएको छ । पहिलो दिन आइतबार पौदी अमराइ २ निवासी हवल्दार डालेश्वर भुषाल द्धारा बिद्यालयको प्रबेशद्धारा निर्माणको लागि प्राप्त रकम रु ४ लाख ५ सय ५१ रुपैया प्रदान भएको थियो भने दोस्रो दिन सामेबार पौदी अमराइ २ घर भइ हाल काठमाण्डौमा बस्नुहुने दिनेश भुषालले सरस्वतीको मन्दिर निर्मणको २ लाख १ सय ५१ रुपैया प्रदान गर्नुभएको छ । त्यसैगरी अनय चन्दादाताहरुद्धारा बिद्यालयलाइ ८० हजार भनदा बढी सहयोग प्रदान भएको बिद्यालयका प्रद्यानाध्यापक इश्वरी प्रसाद आचार्यले जानकारी दिनुभयो ।
सहयोग दाताहरु प्रति बिद्यालयले आभार ब्यक्त गरेको छ ।
सामेबार भएको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिकिा अधयक्ष भुपेन्द्र रायमझीको अध्यक्षता रहेको थियो भने जिल्ला शिक्षा कार्यालय गुल्मीका सहायक जिल्ला शिक्षा राम प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा ब्यानर खोली उद्घाटन पश्चात बोल्दै प्रमुख अतिथि पाण्डेले बिद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गर्न सबै लाग्नुपर्ने भन्दै बिद्यालयको उज्जवल भबिष्यको कामना गर्नुभएको थियो ।
साथै सोही अवसरमा सहायक जिशिअ पाण्डेद्धारा नवनिमर्मित ३ कोठे भवनको समेत उद्घाटन गरिएको थियो । गत आर्थिक बर्षमा जिल्ला शिक्षा कार्यालयद्धारा प्राप्त १९ लाख ५० हजारको लागतमा निर्माण शुरु गरिएको भवनको निर्माण पुरा भएपछि आज उद्घाटन गरिएको हो ।
कार्यक्रमका अवसरमा बिद्यालयका प्रद्यानाध्यापक इश्वरी प्रसाद आचार्यले ६५ लाख बराबरको आयब्यबाय प्रस्तुत गर्नुभयो । साथै उक्त अवसरमा प्रअ द्धारा सबै अभिभाबहकहरुलाइ सहयोग र समर्थन प्रति धन्यबाद दिदै आर्थिक तथा अन्य सहयोगहरुको लागि अपिल गर्नुभएको थियो ।  
सोही अवसरमा बिद्यालयमा बिभिन्न नृत्यहरु प्रस्तुत भएका थिए भने अन्तरबिद्यालय बक्तृत्वकला प्रतियोगीतमा त्रिभुबन माबि खर्बाङ्गकी छात्रा अस्मिता बन प्रथम, जनज्योती माबि पौदी अमराइ अरेवाका छात्रा अस्मिता गीरी द्धितिय तथा महेन्द्र वामीका छात्रा आकृति भण्डारी तृतिय हुनुभएको छ ।  
कार्यक्रममा हिरा गीरी, रेशम गीरी, सुवेदार जित बहादुर पाठक लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
सहायक प्रद्यानाध्यापक दुर्गा प्रसाद पौडेलको स्वागत रहेको कार्यक्रमको सञ्चालन शिक्षक द्धोय महलाल पौडेल र लालु गीरी ले गर्नुभएको थियो ।

No comments:

Anish gaire. Powered by Blogger.