"2513058968709111" /> यस्तो बन्दैछ राष्ट्रको गौरव मध्यपहाडी लोकमार्ग - अनिश शर्मा गैरे
Breaking News
recent

यस्तो बन्दैछ राष्ट्रको गौरव मध्यपहाडी लोकमार्ग

कुन-कुन जिल्ला छिचोल्छ ? कहाँ बन्दैछन् ठूला बजार ?
काठमाडौं । तराई छिचोलेर बनेको पूर्व-पश्चिम (महेन्द्र) राजमार्गको विकल्प मानिएको मध्यपहाडी लोकमार्ग अब पाँच वर्षभित्र बनिसक्ला ? यो प्रश्नको जवाफ सडक विभागका उच्च अधिकारीहरुसँग छैन । यद्यपि लक्ष्यअनुसार ०७६ सालसम्म १ हजार ७ सय ६५ किलोमिटर लामो लोकमार्ग बनाउने भने प्रयास जारी छ ।
hyway
पाँच वर्षअघि आर्थिक वर्ष ०६४/६५ बाट सुरु गरिएको बहुचर्चित मध्यपहाडी लोकमार्ग अर्थात पुष्पलाल मार्गको सम्पूर्ण ट्रयाक खोल्ने काम पूरा भइसकेको विभागले जनाएको छ ।
२४ जिल्ला जोड्ने १७ सय ६५ किलोमिटर बाटो
करिब १ हजार किलोमिटर पहिलेकै पुरानो चल्तीको सडक र थप ७ सय ५६ नयाँ ट्रयाक खोलेर शुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा बाँडेर काम भइरहेको छ ।
पूर्वमा नेपाल-भारत सीमानाको पाँचथर चियो भन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल-भारत सीमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ ।
यो लोकमार्गले मध्य पहाडका २४ जिल्ला र २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्दा ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्षरुपमा फाइदा पुग्नेछ ।
hyway1
कुन-कुन जिल्लाबाट लोकमार्ग ?
मध्य पहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्ने छ ।
त्यस्तै काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडीलाई मध्यपहाडी लोकमार्गले समेट्छ ।
यो मार्गको मध्यविन्दू नुवाकोटको पाती भन्ज्याङलाई बनाइएको छ । शुरुमा काठमाडौं जोड्ने भनिए पनि पछि काभ्रेको पाँचखालबाट सिन्धुपाल्चोक हुँदै नुवाकोटतिर लगिएको हो ।
hyway3
कालोपत्रे जारी
पूर्व-पश्चिम जोड्ने १७ सय ६५ मिलोमिटर लामो उक्त लोकमार्गको केही भागमा स्तरोन्नति र कालोपत्रे गर्ने काम पनि भइरहेको छ । यस वर्ष पूर्वमा ३० र पश्चिममा ३० किलोमिटर कालोपत्रे हुँदैछ ।
बेला-बेला आउने मुआब्जा वितरण विवाद, निर्माण सामाग्री अभाव, सार्वजनिक खरिद सम्बन्धी ऐन र अन्य विविध कारणले लक्ष्यअनुसार काम हुन नसकेको सनियर डिभिजनल इन्जिनिर रोहितकुमार बिसुरालले अनलाइनखबरलाई बताए ।
दश वर्षमा सम्पन्न गर्ने भनिए पनि मध्य पहाडी लोकमार्गको काम जसरी भइरहेको छ, त्यो हेर्दा सम्भव देखिँदैन ।
नेपाल सरकारको आन्तरिक स्रोत साधनबाटै सम्पूर्ण खर्च व्यहोरिने गरी बनिरहेको यो लोकमार्गमा हाल सञ्चालनमा रहेका कतिपय साना राजमार्ग र सडक खण्डहरु जोडिनेछन् ।
hyway4
कुल १ हजार ७ सय ६५ किलोमिटर लामो लोकमार्गको ७ सय ७५ किलोमिटर नयाँ ट्रयाक खुलिसकेकाले त्यसको स्तरोन्नति र कालोपत्रेको काम अहिले भइरहेको छ । एक हजार किलोमिटर भने यसअघिकै पुराना सडकहरु हुन् ।
हाल ट्रयाक खोलिएको सम्पूर्ण क्षेत्रमा आवत-जावत गर्न सकिने अवस्था रहे पनि तोकिएको मापदण्डअनुसार दोहोरो आवागमन गर्न मिल्ने दुई लेनको बनाउने काम भने जारी छ ।
राष्ट्रको गौरव
विभागका अनुसार १ हजार ७ सय ६५ किलोमिटर लामो मध्यपहाडी लोकमार्गको चौडाई साढे ८ मिटरको दुई लेन हुनेछ । यो लोकमार्गमा चल्ने सवारी साधनको गति ५० किलोमिटर प्रति घण्टा तोकिनेछ ।
नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गका लागि सरकारले बजेटमा कञ्जुस्याइँ गरेको छैन । तर, पनि काम भने सोचेजस्तो हुन सकेको छैन ।
मध्यपहाडी लोकमार्ग नेपालको सम्वृद्धिको एउटा प्रमुख मेरुदण्ड बन्नेछ ।  एउटा पहाडी जिल्लाबाट अर्को पहाडी जिल्ला जान पूर्व-पश्चिम महेन्द्र राजमार्ग झरेर पुनः पहाड चढ्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।
hyway5
जहाँ बजारहरु बन्नेछन्
मध्यपहाडी लोकमार्ग बनेपछि पहाडी जिल्लाका केही बस्तीहरु ठूला शहरमा परिणत हुनेछन् । जसको विकास शुरु भइसकेको छ । लोकमार्गले जोड्ने प्रमुख स्थलहरु यस्ता छन्-
पूर्वाञ्चल
चियोभन्ज्याङ्ग, च्याङ्गथपु, ओयाम, थर्पु, गणेशचोक, गोपेटार, जोरसाल, तमोरनदी, सक्रान्ती बजार, म्याङ्गलुङ्ग, बसन्तपुर, हिले, लेगुवाघाट, भोजपुर, दिक्तेल, हलेसी, हिलेपानी, टोक्सेलघाट (घुर्मी) ।
मध्यमाञ्चल
घुर्मी, खुर्कोट, नेपालथोक, पाँचखाल, बाहुनेपाटी, पाटिभञ्ज्याङ्ग, छहरे, त्रिशुली, सल्यानटार ।
पश्चिमाञ्चल
आरुघाट, पालुङटार, भोर्लेटार, कालिका, हेम्जा, कुष्मा, बागलुंग, बुर्तिबाड., निसी ।
मध्य पश्चिम
पातिहाल्ने, लुकुम गाउँ, मुसीकोट, चौरजहारी, जगातीपुर, बेस्ताडा, दैलेख, दुल्लु, जम्बुकांध, सातला र साइजिउला ।
सुदुर पश्चिम
बेलखेत, बिनायक, मंगलसेन, सांफेबगर, सिलगढी, डडेलधुरा, पाटन, सतबांझ, बैतडी र झुलाघाट ।
source onlinekhabar

No comments:

Anish gaire. Powered by Blogger.