"2513058968709111" /> खड्कदेबी प्राबि कुर्घाको रजत महोत्सब तथा अक्षयकोष दाता सम्मान कार्यक्रम सम्पन्न ! (तस्वीर) - अनिश शर्मा गैरे
Breaking News
recent

खड्कदेबी प्राबि कुर्घाको रजत महोत्सब तथा अक्षयकोष दाता सम्मान कार्यक्रम सम्पन्न ! (तस्वीर)

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
बिद्यार्थीहरुलाइ दिवा खाजा, पोशाक तथा अन्य शैक्षिक सामग्रीहरुको निशुल्क ब्यबस्थाको लागि गुल्मीको कुर्घा ७ गुुज्र्याङ्गमा शुरु गरिएको अक्षयकोष अभियानको आज अन्तिम घोषणा, अक्षयकोष दाताहरुलाइ सम्मान तथा बिद्यालयको रजत महोत्सब आज सम्पन्न भएको छ । 
बिद्यालय ब्यबस्थापन समितिका अधयक्ष राम बहादुर खड्काको अध्यक्षता रहेको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद मानीयय चन्द्र भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि सासंद भण्डारीले कुलराज शर्माको एकल कदम बाट भएको यो कामप्रति खुलेरै प्रंशंसा गर्नुभयो । उहाँले यस्ता परोपकारी ब्यक्ति संसारमा नै हुन दुर्लभ भएको बताउनुभयो । उहाँले राम्रो काम गर्ने मानिसलाइ जस्ले पनि साथ र सहयोग गर्ने बताउनुभयो । 
भने कार्यक्रममा राष्ट्रिय स्वाधिनताका लागि नागरीक संघका महासचिब बिकास केसी, उद्योग बाणिज्य संघ गुल्मीका सदस्य ज्ञानहरी सापकोटा, अक्षयकोषदाता अर्जुन थापा, उद्योग बाणिज्य संघ वामीका अध्यक्ष सुदर्शन शाक्य, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्मा, मजुवा श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्मा, वामीका दानवीर कृष्णहरी सापकोटा, नेपाली काँग्रेस जिल्ला सदस्य कल्पना घिमिरे, रुद्राबति बहुमुखी क्याम्पसका उपाध्यक्ष भुवन केसी, नेत्र ज्योती संघ जिल्ला सदस्य दिनेश खाती, प्रहरी चौकी इन्चार्ज लाल कुमार श्रेष्ठ लगायतको बिशेष आतिथ्यता रहेको थियो । 
कार्यक्रममा अक्षयकोषका अध्यक्ष राम बहादुर पच्या मगर, दुर्गाभवन माबि आँपचौरका प्रद्यानाध्यापक गोकर्णराज खरेल, राष्ट्रिय स्वाधिनताका लागि नागरीक संघका महासचिब बिकास श्रेष्ठ, बिद्यालयका पुर्व प्रअ रामेश्वर अर्याल, गाबिस सचिब पाराश्वर पन्थी लगायतले बोल्नुभएको थियो । 
कार्यक्रममा अक्षयकोष स्थापनाको लागि सहयोग गर्नुहुने महानुभाबहरुलाइ फुलको माला, दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको थियो । 
कार्यक्रममा स्वागत मन्तब्य प्रस्तुत गर्दे बिद्यालयका प्रद्यानाध्यापक कुलराज शर्माले बिद्यार्थीहरुले खाजा खान नपाइ अरुको खेतबारी गएको, जाडोमा लुगलुग काम्दै गरेको अवस्थाबाट चिन्तित भइ यो अभियान शुरु गरेको बताउनुभयो । 
कार्यक्रममा कलाकार ठानेश्वर गौतमले पनि बिशेष प्रस्तुती राख्नुभएको थियो । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न बिद्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरु, राजनीतिक दल, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजिवि लगायतको बिशेष उपस्थिती रहेको थियो । 
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भुवन भुषाल तथा ब्रह्मकुमारी इश्वरीय बिश्व बिद्यालय मजुवा शाखाका सञ्चालक ब्रह्मकुमार रविनले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथी तथा अन्य अतिथिहरुलाइ बाजा गाजा, पञ्च कन्या, पञ्चकलश, भजन सहित स्वागत गरिएको थियो । हेर्दा मात्रै उक्त कार्यक्रम स्थल ठुलो महोत्सब भन्दा फरक थिएन । स्थानीयहरुको पनि राम्रो उपस्थिती देखिएको थियो । महोत्सब स्थललाइ भब्य सिँगारिएको थियो । 
२०४९ सालमा स्थापना भएको बिद्यालयमा अहिले प्राबि स्तरमा पढाइ हुने गरेको छ भने ४१ जना बिद्यार्थीहरु रहेका छन ।
यसरी अक्षयकोषको माध्यमबाट संकलित रकमको बार्षिक ब्याजबाट बिद्यार्थीहरुलाइ दिवा खाजा, बिद्यालय ड्रेस, स्कुलका सामग्रीहरुको ब्यबस्था गरिने बिद्यालयका प्रद्यानाध्यापक शर्माले जानकारी दिनुभयो । साथै बिद्यार्थीहरुलाइ यही पौष १ गतेबाट खाजाको ब्यबस्था गरिएको छ भने आगामी बैशाख १ गतेबाट पोशाक र शैक्षिक सामग्रीहरु बितरण गरिने समेत उहाँले जानकारी दिनुभयो ।
यसैबिच कार्यक्रमकै अवसरमा उद्योग बाणिज्य संघ गुल्मीका सदस्य तथा समाजसेवी ज्ञानहरी सापकोटाको संयोजनमा सोही बिद्यालयका बिद्यार्थीहरुलाइ झोला बितरण गरिएको छ । नरहरी सापकोटा र ज्ञानहरी सापकोटाको संयोजनमा सोही झोलाहरु बितरण गरिएको हो । 
बिद्यालयमा रहेका ४१ जान बिद्यार्थीहरुले सा झोलाहरु पाएका छन । 
अन्य तस्वीरहरु
  

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.