"2513058968709111" /> कविता-नबुझिने मन ! - अनिश शर्मा गैरे
Breaking News
recent

कविता-नबुझिने मन !

क्षणभङ्गुर रहेछ सारा
साँचेर राखेँ
भोलिलाइ, पर्सिलाइ,
के तिनिहरुलाइ थाहा छैन,
कि भोलि आउदै आउदैन ?
कि भोलि हामी यहाँ रहदै रहदैनौ ?
तर यो मेरो मन जानेरै बुझपचाउछ ।

यो कस्तो बाध्यता !
टार्न नसकिने केही
यो मन कस्तो ?
केही कतै कसैबाट पनि
जोगाउन नसकिने !
यो यात्रा कस्तो ?
कहिल्यै नसकिने
कहिल्यै नटुङ्गीने
तर एक पलमै भत्किन भ्याउने,
हजार टुक्रा बनाएपनी त्यो पललाइ
त्यही हजारको एक खण्ड बढी हुने !

यो कस्तो जीवन ?
यो कस्तो यात्रा ?
यो कस्तो मन ?
त्यो कस्तो खालको प्रहार ?
जब हुत्तिन्छ, रोक्न नसकिने ।
शायद,
प्रकाश भए छेकिदिन्थेँ होला ।
वर्षा भए रोकिदिन्थेँ होला ।
नदि भए फर्काइदिन्थेँ होला ।
तर यो प्रहार, यो मनको वर्षा
केही गरेपनी टार्न नसकिने,
रोक्न, छेक्न नसकिने !

यो कस्तो प्रकृति ?
यो कस्तो आकाश ?
यो कस्तो धरातल ?
एकपटक रोक्न मन छ,
मलाइ
मेरो यो प्रकृति, आकाश र धरातलकै संगमको
यो मनलाइ, यो तनलाइ, सोचलाइ
अनि घडिका काँटाहरूलाई
नरोकिने नसकिने मनको यात्रालाइ
भोलि सुनाउँछु, भन्छु भन्दै कुराइरहने मनलाई,
तर मेरा सारा प्रयासहरु निस्सार छन ।
बग्छन त्यत्तिकै सलल ।
यो मन चाहान्छ
कोहि आओस त्यो
वर्षा रोक्नलाई
त्यो मेरो अशान्त मनलाई
साम्य पार्नलाई
ती प्रहारका तीरहरु रोक्नलाई
भगवान जस्तै

लाग्छ, प्रकाश जतिनै धेरै यात्रा गर्न सक्तछ
त्यसको हजारौ गुना यो मन यात्रा गरिरहन्छ ।
हजारौ प्रकाश बर्षको दुरि,
यो मनले एक मिनेटमा पार गरिदिन्छ ।

बसेको छु यहाँ,
मन मेरो अर्को लोकमा छ ।
कति शक्तिशाली यो
कहिल्यै नछोड्ने यात्रा गर्न ।
हुनत, जबसम्म म छु यो सँसारमा
तवसम्म मेरो मन हजारौ प्रकाश बर्षको
यात्रा गरिरहन्छ ।
जब सकिन्छ मेरो वास्तविक जीवन,
मेरो वास्तविक सँसार,
अनि बल्ल मेरो मनले आराम पाउनेछ ।
यात्रा बिसर्जन गर्नेछ ।
थकाइ मार्नेछ ।
सपना बाँड्न छोड्नेछ ।
मेरो मनलाई आराम त्यही बेला हुनेछ ।
तर
म चाहान्छु,
मेरो यो मनलाई सधै थकाइरहुँ
आराम गर्ने दिनमा कहिल्यै नपुर्याउँ
तर मेरो यो यात्राले मलाई
मेरो सोचबाट टाढा पुर्याइदिने छु ।
अनि मेरो मनको आरामको दिन आउनेछ ।

मेरो मन कति अजीव छ ।
कति फरक छ ।
बुझ्न नसकिने छ ।
मैलेनै बुझ्न नसक्ने यो मेरो मन
तिमी कहाँ बुझ्न सक्छौ !
अनिश शर्मा गैरे, वामी गुल्मी ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.