वामीमा हस्पिटल : निकट भबिष्यमा नै सञ्चालन हुदै, आज साधारण सभा सम्पन्न !
अनिश शर्मा गैरे, प्रकाश घिमिरे वामी गुल्मी
करोडौको लगानी गरेर वामीमा ल्याउन लागिएको लुम्बिनी वामी हस्पिटल प्रालिको आज साधारण सभा सम्पन्न भएको छ ।
लुम्बिनी वामी हस्पिटल प्राली वामीका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षता रहेका कार्यक्रममा जिल्लाका प्रमुख न्यायाधिश माननीय मातृका प्रसाद मरासीनीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मरासीनीले नाफा भन्दा पनि स्वास्थ्य सेवा दिनको लागि गर्न लागिएको यस्तौ काम न्यायपुर्ण भएको बताउनुभयो । मसानीनीले आफ्नो ठाँउको बिकासको लागि आफै गर्नुपर्ने भन्दै वामीका जनताले सरकारलाइ समेत पछाडी पारेको बताउनुभयो ।
कार्यक्रममा शसस्त्र प्रहारी महानिरीक्षक बिगबिजय सुवेदी, जिल्ला आर्युवेदिक अस्पतालका डाक्टर प्रवेश श्री वास्तब लगायतको बिशेष आतिथ्यता रहेको थियो । त्यसैगरी कानुनी सल्लाहकार वा अधिबक्ता अनन्तलाल भण्डारीले संस्थाको बारेमा प्रकाश पार्नुभएको थियो ।
शेयर संकलन लगायतका माध्यमबाट ३८ लाख बराबर आम्दानी भएको र जग्गा खरिद पक्रिया तथा अन्य बिभिन्न कानुनी पक्रिया, डेलिगेशन लगायतका कामहरु गर्दा १५ लाख रुपैया खर्च भएको साधारण सभाले जानकारी दिएको छ ।
यसैबिच साधारण सभाको अवसरमा संस्थाको नया समितिको गठन गरिएको छ । अध्यक्षकै रुपमा काम सम्हालिरहनुभएका सुदर्शन शाक्यकै अध्यक्षतामा गठित कार्य समितिको उपाध्यक्षमा गोपिकृष्ण खरेल, सचिबमा अग्निधर लोहनी, कोषाध्यक्षमा महेश बहादुर जिसी रहनुभएको छ भने सदस्यहरुमा भुवन केसी, कृष्ण प्रसाद सापकोटा, कृष्णहरी सापकोटा गरी सात सदस्यीय समितिको गठन गरिएको छ ।
संस्थाका कोषाध्यक्ष महेश बहादुर जीसीको स्वागत रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिब अग्निधर लोहनीले गर्नुभएको थियो । उक्त हस्पिटल वामीमा ल्याउन प्रवास हस्पिटलद्धारा पाँच करोड तथा वामी तथा आसपासका जनताहरुको ५ करोड गरी १० करोडको लगानी रहने छ ।
लुम्बिनी मेडिकल कजेल पाल्पा र शालीमे एन्भेष्टमेन्ट प्रालि वामी को संयुक्त लगानीमा बन्न लागेको यस अस्पतालको विधिबत रुपमा २०७२ मँसीर २८ गते दर्ता भएको थियो ।
यस हस्पिटल निकट भबिष्यमा चाँडै नै सञ्चालनमा ल्याउने गरी काम गरिने संस्थाले जनाएको छ ।
कुनै एमरजन्सी स्वास्थ्य समस्या देखिने बित्तिकै पाल्पा, बुटवल लगायतका क्षेत्रमा बिरामीहरु लैजानु पर्ने बाध्यात्मक अवस्था सिर्जना भइरहेको यस क्षेत्रमा यो अस्पताल वामीमा आउने भनेपछि वामी लगायत आसपासका स्थानीयहरुलाइ निकै सहज हुने देखिएको छ ।

No comments: