वामीका २ बिद्यालयको लागि लाखौ सहयोग !
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
गुल्मीको वामीमा रहेका २ बिद्यालयहरुको भुकम्पपछिको पुननिर्माणको लागि एक संस्थाले लाखौ सहयोग गरेको छ । गत बर्ष बैशाख १२ र २९ गते गएको शक्तिशाली भुकम्पको कारणले क्षतीग्रस्त भएका भवनहरुको पुननिर्माणको लागि जि.डब्लु. एस नेपाल अर्थात गोरखा वेलफेयर स्किमले सहयोग गरेको हो ।
उक्त संस्थाले वामी टक्सारमा रहेको महेन्द्र आदर्श उमाबि र लक्ष्मीनारायण प्राबिलाइ सहयोग गरेको हो । संस्थाले महेन्द्रलाइ रु २ लाख ५० हजार र लक्ष्मीनारायणलाइ रु ३ लाख सहयोग गर्ने महेन्द्रका शिक्षक नविन कक्षपतिले जानकारी दिनुभयो । उक्त सहयोग बृद्ध भगवती देवी श्रेष्ठ कक्षपतिको बिशेष पहलमा प्रदान गरिएको हो । कक्षपतिले पहिला पनि सोही बिद्यालयहरुलाइ फर्निचर लगायतका सहयोग गर्दे आउनुभएको छ । उक्त सहयोगको ब्यबस्थापन शिक्षक कक्षपतिले गर्नुभएको हो ।
साथै उक्त संस्थाले वामीमा आगामी चैत्रमा स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने भएको छ । संस्थाले आगामी चैत्र ८, ९ र १० गते स्वास्थ्य शिविर गर्ने भएको हो ।

No comments: