रोटी र भाङको अचार खाएपछि मुसीकोटका एकै परिवारका ५ जना बिरामी !
प्रेम सुनार, गुल्मी ।।
आज विहान साढे आठ वजेको समयमा भाङ, सिध्रा मिसाएर टमाटरको चटनी संग रोटी खाएका गुल्मी मुसिकोटका एकै परिवारका पाँच जना अहिले साँझ सम्म अर्ध अचेत अवस्थामा रहेका छन् ।
मुसीकोट २ कोटामुनीका रामबहादुर परियारका ३ वटी वुहारी र एक छोरा एक छोरी सहिति पाँचै जना वेहोस भए पछि अहिले साँझ पख जिल्ला तम्घासमा ल्याईएको छ ।

जिल्ला अस्पतालमा ल्याई औषधी उपचार गर्नु सुरु गरे पछि केहि जना सुस्त सास फेर्दै बोल्न थालेका छन् । उनिहरुको जिल्ला अस्पतालमै उपचार सम्भव भएको सिर्जना पौड्यालले बताईन् । प्रारिम्भक चरणमा भाङ मिसाएको चटनीका कारण उनिहरु बेहोस् भएको होकी भन्ने अनुमान गरिए पनि थप कुरा परिक्षणबाट मात्रै पत्ता लाग्ने डाक्टर पौड्यालको भनाई थियो ।
स्थानिय युवा विष्णु परियारले पनि गाउँमा भाङको चट्नी सवैले सधै जसो खाने र अहिले सम्म कसैलाई केहि नभएको भन्दै आटा कि त म्याद सकिएको हुन सक्ने यात कुनै विषालु पदार्थ भुलवस मिसिएको हुन सक्ने आशंका लागेको बताए । यस विषयमा थप कुराको अनुसन्धान गर्न जिल्ला वजार अनुगमन समितिको चासो जानु पर्ने स्थानियको माग रहेको छ ।
No comments: