"2513058968709111" /> कविता - अनिश शर्मा गैरे
Breaking News
recent

कविता

                                                                                          -अनिश शर्मा गैरे, वामी गुल्मी !
रगतको भुमरिमा डुबुल्की मारिरहेको त्यो मेरो विशाल तर सानो चोक ।                  
सबैलाई चाहना छ, त्यही चोकमा
टेकेर युगौँ बिताउने,,
दुर्भाग्य !
आज कति न्यास्रो लागिरहेछ ।
कति रोदनयुक्त, बिषाक्त लागिरहेछ ।
मेरो गाउँ,
जहाँ असंख्य भोक र तिर्सनाका
चिच्याहटहरु छन् ।
रुवाबासिहरु छन ।
पहेँलिएर झर्न थालेको निकम्मा
आशाहरु छन्,
पिडाहरु छन्,
बिहान बेलुकी भाँडा र भुँडिहरु भर्नलाई
भण्डारमा केही छैन ।
छ त केवल माकुराको जालो,
धुलो र मैलो !
मैलो र धुलोले उनिहरुको
भाँडो भरिन्छ
तर……
भुँडी भरिन सक्तैन ।
मरेका आशा ब्युँझन सक्तैनन् ।
यस्तो भईसकेको छ मेरो देश ।
मेरो मातृभुमी
आकाशलाई छानो
धरतिलाई पिढिँ मानी
रात काट्ने ती बिचराहरुलाई
सन्तुष्ट पार्न खोजिरहेछ ।
त्रिपालको भएपनी छानो
दिन खोजिरहेछ ।
मेरो माटो,
देशमा जुध्न बाटो नदेखेर लाखौँ युवालाई निर्यात गरिरहेछ ।
ती निर्यातितहरु, ती बटुवाहरु,,
आफ्नै मासु चुँडी रगत बगाईरहेछन,,,
पेट पाल्न घोटिइरहेछन।
हजारौँ युवाहरु पासपोर्ट र
भिजा लिनलाई लाइनमा बसिरहेछन ।
चर्को घाम सहन नसकी ढलिरहँदा
बेवारिसे बनिरहेछन ।
तर पनि उनिहरु देशप्रेम दर्साउन
बांकी राख्दैनन् ।
मातालाई माया गर्न पछि पर्दैनन् ।
भोकै रहेपनी अघाएको बाहना गर्न
पछि पर्दैनन् ।
दुःखमा पनि सुखको हाँसो ल्याउन
पछि पर्दैनन ।
यहि हो मेरो चोक,
जुन रगतको नदिमा खुसी मनाइरहेछन ।
खुसी र चाहनाको बलि दिएर,,
रगतको नदिमा खुसी मनाइरहेछन !

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.