"2513058968709111" /> परोपकारी कुलराज : ‘भुइँमा खसेको भुजाको दाना बिद्यार्थीले खाएको देखेर यो अभियान शुरु गरेँ’ - अनिश शर्मा गैरे
Breaking News
recent

परोपकारी कुलराज : ‘भुइँमा खसेको भुजाको दाना बिद्यार्थीले खाएको देखेर यो अभियान शुरु गरेँ’

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
बिद्यार्थीहरुको लागि निःशुल्क रुपमा दिवा खाजा, पोशाक र कपि पेनको सुविधा र सहयोग गर्ने लक्ष्य सहित गुल्मीको कुर्घामा रहेको खड्कदेबी प्राथमिक बिद्यालयमा शुरु भएको आर्थिक संकलन अभियान थप शसक्त बन्दै जान थालेको छ । 

बिद्यालयका प्रद्यानाध्यापक कुलराज शर्माको एकल प्रयासमा थालीएको उक्त अभियानमा अहिले सम्म करिब २२ लाख रुपैया संकलन भएको छ । बिद्यालयका प्रद्यानाध्यापक शर्माले करिब ३० लाख रुपैया संकलन गर्ने गरी अक्षयकोष स्थापना गर्ने अभियानमा लागेको बताउनुभयो । 
                            जाडोमा काँपीरहेका बिद्यार्थीहरु ।।
निकै मिजासिला स्वभाबका शर्माले ‘राम्रा कामहरु आफुबाट नै शुरु गर्नुपर्छ’ भन्ने भनाइलाइ आत्मसाथ गर्दे यस्तो अभियान आफुले थालेको बताउनुभयो । 
‘जाडोको समय थियो, बिद्याथीहरु कपडा ताता खालका कपडाहरु नभएर काँपीरहेका थिए, त्यसैले उनीहरुको यस्तो अवस्थाबाट यो अभियान शुरु गरेँ’ शर्माले भन्नुभयो । ‘बिद्यार्थीहरुको दिवा खाजा, जुत्ता तथा बिद्यालय पोशाकको लागि यसरी अभियान शुरु गरेको छु’ । 
कुनै एक बिद्यार्थीले खाँदा खसेको खाजाको सानो गेडा अर्काे बिद्यार्थीले टिपेर खाएको टिठलाग्दो दृश्यबाट आफु यस्तो काममा लागेको उहाँको भनाइ छ । 
शर्माले आफ्नो अभियानमा असहयोग गर्नेहरु पनि धेरै भेटेको बताउनुभयो । उहाँले भन्नुभयो । ‘समाजमा कुनै राम्रो काम गर्छु भन्दा पनि औला ठड्याउने धेरै हुँदा रहेछन’ ।
आफुले घरघरमा पुगेर यसरी सहयोग अभियान शुरु गरेको बताउनुभयो । 
उहाँले अहिले सम्म नगद रु १० लाख हातमै परिसकेको जानकारी दिदै अन्य रकम पनि आउने क्रम जारी रहेको बताउनुभयो । 
अहिले सम्म जापानमा रहनुभएका नेत्र खरेलले नगद रु २ लाख ५ हजार ५ सय ५१, उहाँको काका घनश्यामले नगद रु १ लाख १५ हजार ५ सय ५१, बुटवलमा रहनुहुने अर्जुन बहादुर थापाले रु १ लाख १० हजार, बुटवलमै बस्नुहुने गगन पछाइले नगद १ लाख ५ हजार ५ सय ५१ दिएर सबैभन्दा बढी दिने सहयोग दाताको लिस्टमा रहनुभएको छ । 
यसरी अक्षयकोषबाट संकलन रकमको बार्षिक ब्याजबाट बिद्यार्थीहरुलाइ दिवा खाजा तथा पोशाकको ब्यबस्था गर्ने शर्माले जानकारी दिनुभयो । 
उहाँले शुरुमा आफु र आफ्नो श्रीमतीको तलबबाट अक्षयकोष अभियान शुरु गरेको जानकारी दिनुभयो ।
साथै उहाँले उक्त अक्षयकोषको अभियान यही माघ महिनाको मसान्त सम्ममा सकाउने र फाल्गुण १ र २ गते बिद्यालयको रजत महोत्सबको अवसरमा भब्य कार्यक्रम सहित अक्षयकोषका अन्तिम घोषणा गर्ने जानकारी दिनुभयो । 
उक्त कार्यक्रममा नेपाली काँग्रेसका साँसद चन्द्र भण्डारी, नेकपा एमालेका साँसद गोकर्ण बिष्ट लगायतको बिशेष उपस्थिती रहेने गरी आफु तयारीमा लागेको जानकारी दिनुभयो ।  
जिल्ला तथा केन्द्र स्तरैमा नभएको तथा दुर्लभ मानिने यस खालको परोपकारी काममा लाग्नुभएका शर्मालाइ सबैको साथ आबश्यक देखिन्छ । 
परोपकार गर्न मन्दिरमै धाउनु पर्देन, यसरी सहयोग गर्नु नै धर्म हो । 



No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.