वामीमा अब केही हप्तामै ल्याण्डलाइन फोन बिस्तार हुने !
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
वामीमा अब छिट्टै ल्याण्डलाइन फोनको बिस्तार हुने भएको छ ।आज भैरहवा र गुल्मीको टेलिकमको टोलीले अध्ययन गरी केही दिनमै काम शुरु हुने बताएको छ ।
फोन सेवा बिस्तारका लागि गर्नुपर्ने प्रक्रियाहरु सबै अगाडी बढाउने गरी आज बिशेष छलफल समेत गरिएको छ । उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको कार्यक्रमले अब केही हप्तामै वामीका स्थानीयहरुले ल्याण्डलाइन फोन प्रयोग गर्न सकिने बताइएको हो । ल्याण्डलाइन फोन बिस्तार भएलगत्तै वामीबासीले सस्तो रुपमा स्तरीय फोन सेवा प्राप्त गर्न सक्ने छन । फोन बिस्तार हुने भनीएपछि स्थानीयहरु मख्ख परेका छन ।
No comments: