सुशील कोइरालाको सपना: शान्त र समृद्ध नेपाल (संक्षिप्त जीवनी)
काठमाडौं, माघ २६ – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको सोमाबार राति १२ बजेर ५० मिनेटमा उहाँको निवास महाराजगञ्जमा निधन भएको छ । उहाँ ७९ वर्षको हुनुहुन्थ्यो ।
कोइरालाले अन्तिम पटक आफ्ना निजी सहयोगीका रुपमा कार्यरत कृष्ण अर्याल र निजी चिकित्सक डा. करबीर योगीसँग कुराकानी गर्नु भएको थियो । राति स्वास्थ्य अवस्था केही गम्भीर भएपछि डा. योगीलाई बोलाइएको थियो ।
कोइराला केही दिनदेखि निमोनिया र ज्वरोबाट ग्रस्त हुनेभएको थियो । पार्टीको बाह्रौ अधिवेशनबाट सभापतिमा निर्वाचित हुनु भएका कोइराला त्यसअघि कार्यबाहक सभापति, पार्टी महामन्त्री र केन्द्रीय सदस्यको रुपमा रहेर काम गर्नु भएको थियो ।
सुशील कोइरालाको व्यक्तित्व
- जन्मः वि.सं १९९४ माघ २१ गते
- जन्मस्थान: विराटनगर मोरङ्
- स्थायी ठेगाना: नेपालगञ्ज–१३, बाँके
- वैवाहिक स्थितिः अबिवाहित
- पिता: बोधप्रसाद कोइराला
- माताः कुमुदिनीदेवी कोइराला
- दाजुभाइ: ६ जना (प्रमोद कोइराला, विनोद कोइराला,सुशील कोइराला,डा.अरुण कोइराला,अशोक कोइराला,विजय कोइराला)
- दिदीबहिनी: ६ जना (दिती शर्मा,आभादेवी शर्मा, विभा,सुधा कोइराला,शशी शर्मा,सरिता )
राजनीतिमा संलग्नता:
- २००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न । ठाकुरराम हाइस्कूल वीरगञ्जमा अध्ययनरत रहँदा नै राजनीतिमा सक्रिय ।
- नेपाली कांग्रेसले अंगीकार गरेको राष्ट्रियता, प्रजातान्त्र र समाजवादको आदर्श एवं नेपाली कांग्रेसका संस्थापक वी पी कोइराला लगायतका नेताहरुको व्यवहारबाट अभिप्रेरित भएर राजनीतिमा संलग्न ।
- २०११ सालमा पिताजी बोधप्रसाद कोइराला नवलपरासीको डि एफ ओ रहँदा भाइ अरुणसँगै पाल्पामा नेपाल छात्र संघको शाखा खोल्न प्रस्थान ।
- २०१२ साल माघमा वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी ।
- २०१४ सालमा निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी ।
- २०१५ सालमा संसदीय निर्वाचनको प्रचार प्रसारमा नेपालगञ्जमा सक्रियतापूर्वक सहभागी ।
- २०१७ साल पौष १ गते सैन्यबलको आडमा राजाबाट निर्वाचित सरकार अपदस्थ गरी संसद भंग गरेपछि नेता सुवर्ण समशेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा.अरुण कोइराला सहित कलकत्ता प्रस्थान । पश्चिम बंगालका मुख्य मन्त्री विधानचन्द्र रायसंग भेटघाट ।भारतमा पत्रकार सम्मेलन । भारतीय नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, अशोक मेहता, मधु दण्डवते लगायतका नेताहरुसंग सम्पर्क गरी नेपालको राजनीतिक अवस्थाबारे अवगत गराउनु भएको ।
- बेलायतकी महारानी एलिजावेथ द्वितीयाको नेपाल भ्रमण तय भएपछि नेपाल अशान्त भएको र जनता प्रजातन्त्र अपहरित भएकोमा रुष्ट रहेको सन्देश दिन नेपालका विभिन्न भागमा भूमिगत रुपमा विरोध कार्यक्रम सञ्चालन ।
- राजा महेन्द्रको कोशी अञ्चल सवारी हुँदा त्यसको विरोधमा भूमिगत रुपमा क्रियाशील ।
- २०१७ सालदेखि २०३७ सालसम्म भारतमा निर्वासित ।
- २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ । ३ वर्षभन्दा बढी समय भारतका विभिन्न जेलमा ।
- २०३७ सालमा जनमत संग्रह हुनुभन्दा केही हप्ता अगाडि (वैशाख १ गते) गिरिजाप्रसाद कोइरालासँगै आम माफी ।
- २०३७ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय ।
- २०४२ सालको सत्याग्रहमा सक्रिय रुपमा सहभागी ।
- २०४६ सालको जनआन्दोलनमा अग्रपंक्तिमा सक्रिय । जनआन्दोलनका कार्यक्रम सञ्चालन गरी जनमत सिर्जना गर्न बर्दियामा सक्रिय रहेका बेला नेका नेता तारानाथ रानाभाटसँगै गिरफ्तार ।
- २०५९ असोज १८ गते तात्कालिन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय ।
- २०६१ माघ १९ गते शाही “कु” भएपछि सोही दिन बाँकेमा ३ महिना नजरबन्द । त्यसपछि नेपाली कांग्रेसको अगुवाईमा सञ्चालित ७ दलीय आन्दोलनमा सक्रिय सहभागिता ।
- निरड.कुश राजतन्त्रको विरुद्ध २०६२÷६३ मा नेपाली कांग्रसको नेतृत्वमा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह ।
- प्रजातन्त्र पुनस्थापनाको आन्दोलनका क्रममा नेपाल र भारत गरी ६ वर्षभन्दा बढी जेल ।
पार्टीमा जिम्मेवारी
- पार्टी सदस्यः २०१२ साल
- सम्पादक: तरुण पत्रिका, नेपाली कांग्रसको आधिकारिक मुखपत्र, प्रवासकाल वनारस भारतमा ।
- पार्टी केन्द्रीय सदस्यः २०४५ साल मंसीर १३ देखि
- विदेश विभाग प्रमुखः २०४५।४६ (सन १९९० )मा
- पार्टी महामन्त्री: नवौं महाधिवेशन २०५३,पोखरापछि
- पार्टी उपसभापतिः २०५५ असोज २० गते
- कार्यबाहक सभापतिः एघारौं महाधिवेशन १३–१८ भाद्र, २०६२(संस्थापन) र पार्टी एकीकरण पछिको कार्यसमिति २०६४
- सभापति: बाह्रौ महाधिवेशन २०६७, १–५ असोज, काठमाण्डौं ।
विधायिकी यात्रा
- संसदीय दलको नेता निर्वाचित २०७० माघ १२( प्रतिस्पर्धा नेका वरिष्ठ नेता शेरबहादुर देउवासंग)
- दोस्रो संविधान सभा २०७० को सदस्य निर्वाचित: बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४
- प्राप्त मतः बाँके १०,७५३ चितवन २०,७६०
- निकटतम प्रतिद्धन्द्धिः बाँके धवलसमशेर राणा ८,८०३ राप्रपा नेपाल र चितवन चित्रबहादुर श्रेष्ठ १०,७३९,
- पहिलो संविधान सभाः २०६४ मा पराजित( मधेशी जनाधिकार फोरमका सर्वदेव ओझा निर्वाचित)
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ः विजयी ( निकटतम प्रतिद्धन्द्धि नेकपा मालेका रिजवान अहमद साह)
- संसदीय दलको नेतृत्वमा प्रतिस्पर्धा: प्रधानमन्त्रीबाट गिरिजाप्रसाद कोइरालाले राजिनामा दिएपछि २०५८ मा सम्पन्न संसदीय दलका नेताको निर्वाचनमा प्रतिस्पर्धा (शेरबहादुर देउवा विजयी)
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०५१ को निर्वाचनः बाँकेबाट प्रतिस्पर्धा (शान्ति समशेर जबरा राप्रपा विजयी )
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ को निर्वाचन:बाँकेबाट विजयी( निकटतम प्रतिद्धन्द्धि गोविन्द कोइराला एमाले)
- संसदको परराष्ट सम्बन्ध र मानवअधिकार समितिहरुका रही महत्वपूर्ण योगदान
संलग्नता:
- संस्थापक अध्यक्ष, प्रजातन्त्र सम्बर्धन केन्द्र
- संस्थापक अध्यक्ष,वी. पी. कोइराला स्मृति ट्रष्ट
- संरक्षक वी पी कोइराला स्मृति संग्राहलय सुन्दरीजल काठमाडौं
विदेश भ्रमण:
भारत, चीन, श्रीलंका संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका,थाइलैण्ड, जापान ,फिलिपिन्स, हंगकंग,अष्ट्रेलिया र फ्रान्स लगायतका विभिन्न युरोपेली मुलुक
सपना:
शान्त र समृद्ध नेपाल
सपना पूरा गर्ने माध्यमः
जलस्रोत, शैक्षिक ,जनशक्ति, औद्योगिक र पर्यटनको विकासका साथै कृषि र जडिबुटीको व्यवसायिकीकरण ।
No comments: