कांग्रेस सभापति सुशील कोइरालाको निधन

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसले सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गएराति १२ बजेर ५० मिनटमा निधन भएको औपचारिक रुपमा जानकारी दिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यबाहक मुख्य सचिव प्रदीप पराजुलीले आज बिहान जारी गर्नुभएको विज्ञप्तिअनुसार सभापति कोइरालाको मध्याराति १२ः५० मा निधन भएको हो ।
‘नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री आदरणीय श्री सुशील कोइरालाको गए राति १२ः५० बजे महाराजगञ्जस्थित उहाँकै निवासमा आकस्मिक निधन भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘उहाँ केही दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ हुनुहुन्थ्यो’, कांग्रेस विज्ञप्तिमाभनिएको छ, ‘सभापति कोइरालाको आकस्मिक निधनबाट सिंगो देश, नेपाली जनता र पार्टीपंक्ति स्तब्ध र शोकमग्न भएको छ ।’
कोइरालाको आकस्मिक निधनका कारणले नेपाली कांग्रेसको १३ औँ महाधिवेशनको सम्पूर्ण निर्वाचन सम्बन्धी कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
(तस्बिर सौजन्य यूपी लामिछाने)


No comments: