"2513058968709111" /> सातौ राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगीताको क्षेत्रिय छनोट कार्यक्रम गुल्मीको कुर्घामा सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सातौ राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगीताको क्षेत्रिय छनोट कार्यक्रम गुल्मीको कुर्घामा सम्पन्न ।।

३ सय ७३ अंक सहित त्रिभुबन उमाबि कुर्घा प्रथम ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।

माघ २४ गते ।।

सातौ राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगीताको क्षेत्रिय छनोट कार्यक्रम गुल्मीको कुर्घामा सम्पन्न भएको छ । जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा त्रिभुबन उमाबि कुर्घाको सहआयोजनामा सञ्चालन भएको कार्यक्रममा ३ सय ७३ अंक सहित त्रिभुबन उमाबि कुर्घा प्रथम भएको छ त्यस्तैगरी १ सय ४२ मत सहित महेन्द्र आदर्श उमाबि वामी द्धितिय तथा ७६ अंक सहित युनिक चिल्डे«ेन एकाडमी तृतिय भएका छन । कार्यक्रममा अहिले सम्म छात्र छात्रा भलिबल, छात्रछात्रा कबड्डी, एथ्लेटिक्स तर्फ बिभिन्न दुरीका छात्रछात्रा दौड, हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याबलिङ्ग थ्रो, सटफुट कार्यक्रम सञ्चालन भएका छन । त्यस्तैगरी मार्सलआर्ट तर्फ सितोरयिो कराते र डब्लु.टि.एफ तेक्वान्दो प्रतियोगीता पनि सम्पन्न भएको छ । कार्यक्रममा क्षेत्र नम्बर १ का बिद्यालयहरुको सहभागीतामा मात्र फाईनल प्रतियोगी छनौट हुने भनिएपनि स्थानमा पायक पर्ने भएकाले क्षेत्र नम्बर २ र ३ का बिद्यालयहरु गरी २० बिद्यालयहरुको सहभागीता रहेको थियो ।
कर्यक्रममा कार्यक्रमका संयोजक तथा जिल्ला खेलकुद बिकास समिति गुल्मीका सदस्य नबिन कक्षपतिको अध्यक्षतामा सम्पन्न भएको थियो भने आज जिल्ला खेलकुद बिकास समितिका सदस्य ज्ञानहरी सापकोटा, मनोज काउचा, चन्द्र राकसकोटी, पत्रकार गगनशिला खड्का, सिब सुबेदी लगायतको उपस्थिती रहेका थियो भने बिद्यालयका प्राचार्य राम बहादुर थापाले आफ्नो धारण राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक ददिराम शर्माले गर्नुभएको थियो ।
फाईनल प्रतियोगीताको लागी गुल्मीका तिन वटै क्षेत्रहरुबाट क्षेत्रिय छनौट कार्यक्रम सञ्चालन हुँदै छन । जस अनुसार क्षेत्र नम्बर २ को सिद्धबाबा उमाबि तम्घास तथा क्षेत्र नम्बर ३ को पृथ्वी उमाबि पुकौटदहमा कार्यक्रम सम्पन्न हँदै छन । समाजमा अनुशासित तथा गतिशिल खेलाडीको उत्पादन गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको खेलकुद बिकास समितिले जनाएको छ । कार्यक्रमको फाईनल प्रतियोगीता आगामी फाल्गुण ४ र ५ गते सदरमुकाम तम्घासमा सम्पन्न हुँदै छ ।..............

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.