भानु उमाबि ग्वालीचौरको ५३ औ बार्षिकोत्सब कार्यक्रम आजबाट शुरु ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।माघ २४ गते ।।
भानु उमाबि ग्वालीचौर ३ टारीको ५३ औ बार्षिकोत्सब तथा अभिभाबक दिबस आजबाट शुरु भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्जराज शर्मा भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि तथा बिनि प्रकाश ओझाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिद्यालयका प्रद्यानाध्यापक केशब खरेलले एक करोड बराबरको आयब्याय बिबरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अन्तर प्राबि स्तरीय कुर्ची दौड प्रतियोगीता तथा अन्तर प्राबि कक्षा १–हिसाब दौड प्रतियोगीता सम्पन्न भएका छन । बिद्यालयका शिक्षक तिर्थमणि भुषालको स्वागत मन्तब्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालनशिक्षक बिष्णु प्रसाद आचार्यले गर्नुभएको थियो । कर्यक्रममा रेडियो पुष्पाञ्जलीका कार्यक्रम प्रमुख प्रकाश घिमिरे लगायत राजनिनितक दलका प्रतिनिधिहरु, समाजसेबी, बुद्धिजिवि, शिक्षाप्रेमी लगायतको उपस्थिती रहेको थियो । बिद्यार्थीहरुद्धारा सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
No comments: