"2513058968709111" /> नेपाललाई एसियाकै उत्कृष्ट देश बनाउँने छौ : ज्ञावली - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाललाई एसियाकै उत्कृष्ट देश बनाउँने छौ : ज्ञावली

नेपाललाई कमजोर नठान्न भारतलाई आग्रह ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
माघ २४ गते ।।
सबिंधानको कार्यान्वयन राष्ट्रिय एकता सुदृढिकरण अभियान नारा सहित आज नेकपा एमाले वामी गाँउ कमिटिको आयोजनामा एक बिशेष कार्यक्रम सम्पन्न भएको छ । रुद्राबति बहुमुखी क्याम्पस वामीको प्राङगणमा सम्पन्न भएको कार्यक्रममा नेकपा एमले वामीका अध्यक्ष गोपिकृष्ण खरेलको अध्यक्षता रहेको थियो भने नेकपा एमलेका केन्द्रिय सचिब प्रदिप ज्ञावलीको प्रमुख आतिथ्यता रहेका थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञावलीले नेपाललाई एसिया महादेशकै उत्कृष्ट देश बनाउनको लागी बनाउनको लागी आफ्नो सरकार तथा पार्टी लागी परेको बताउनुभइको छ । देशमा भईरहेको बिकराल अबस्थामा प्रति कोण गर्दे उहाँले देश अबको निकट भबिष्यमा नै आत्मनिर्भर हुने बताउनुभयो । सबिंधन बनेकोमा खुशी ब्यक्त गर्दे उहाँले सबैलाई समेटेर लोकतान्त्रिक सबिंधान बनेको बताउनुभयो । आफुहरुले गर्छु भनेर लागेको काममा जलन हुनेहरु धेरै भएको भन्दै उहाँले उनीहरुलाई खुट्टा तानीराख हामीहरु देशलाई समृद्ध बनाएर छोड्छौ भन्नेभयो । नया शक्ति निर्माणमा लाग्नुभएको पुर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सय वटा मुसा खाएको बिरालो तिर्थ हिडे लागेजस्तो नसुहाउदो भएको बताउनुभयो । आफुहरु हिजो सम्म अधिकार प्राप्तिको लागी लडेको र आजबाट देशलाई समृद्ध बनाउनको लागी लड्ने बताउँदै उहाँले निकट भबिष्यमा नै देशमा समृद्धिको नया घाम लाग्ने बताउनुयो । देशको प्रमुख समस्या गरिबि, बेरोजगारी, अशिक्षा, अन्धकार भएको भन्दै उहाँले अब यस्तो अबस्था नरहने बताउनुभयो । देशमा बिद्युत बलेको एक सय सात बर्षमा जम्मा ७ सय ५० मेगावाट मात्र बिद्युत उत्पादन हुनु दुखद भएको उहाँका भनाई छ । साथै उहाँँले नेपाललाई कमजोर नठान्न भारतलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले गुल्मीका अध्यक्ष मधुकृष्ण पन्थ, सचिब सोमनाथ सापकोटा, वामी बिश्व सम्पर्क मञ्चका मानार्थ सदस्य डा. सुर्य पाठक, पुर्ब साँसद कमलाराज श्रेष्ठ लगायतले बोल्दै राष्ट्र निर्माणमा अन्य शक्तिहरु भन्दा नेकपा एमाले बढी लागेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका पुर्ब साँसद कमलाराज श्रेष्ठ, एमाले गुल्मी पर्ब अध्यक्ष कोशल पोखरेल, एमाले जिल्ला अध्यक्ष मधुकृष्ण पन्थ, गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार मैना भण्डारी, एमले बाग्लुङ्का नेता डा. सुर्य पाठक, नेकपा एमाले जिल्ला सचिब सोमनाथ सापकोटा लगायतको बिशेष आतिथ्यता रहकेो थियो । कार्यक्रमलाई प्रमुख अतिथि ज्ञावलीले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु बैकुण्ठ महत, पुरुषोत्तम भण्डारी लगायतको बिशेष प्रस्तुती रहेको थियो । देशको बर्तमन अबस्था समेटएिको गीत प्रस्तुत गर्दे सबैलाई स्वागत गरिएको थियो । कार्यक्रममा रुद्राबति बहुमुखी क्याम्पस वामीका अध्यक्ष महेश बहादुर जिसीको स्वागत मन्तब्य रहेको थियो भने क्षेत्रीय कमिटि उपसचिब प्रकाश काफ्लेको सञ्चालन रहेको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.