अस्पतालको पैसा तिर्न नसकेर विचल्लीमा परेकी सुत्केरीलाई लाखौं सहयोग !
प्रेम सुनार, गुल्मी ।।
माघ २० गते ।।
अस्पतालमा ३५ हजार तिर्न नसकेर १२ दिनकी नवजात शिशु अस्पतालमैं छाडेर गाउँमा पैसा खोज्न हिडेकी यहाँकी एक सुत्केरी महिलाको विचल्लीको खवर सामुदायिक रेडियो पुष्पाञ्जली लगायतका अन्य मिडियाहरुबाट प्रशारण÷ प्रकाशित भए पछि लाखौं सहयोग संकलन हुने क्रम जारी रहेको छ ।
लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा माघ ३ गते छोरी जन्माएकी गुल्मी पिपलधारा–९ की २६ वर्षिया सपना भण्डारीलाई सहयोग संकलन भएको हो । त्यस अस्पतालको ३५ हजार विल तिर्न नसकेर उनका श्रीमान विकास भण्डारी अस्पतालबाटै फरार भए पछि १२ दिनकी शिशुलाई अस्पतालको शैयामा राखेर सुत्केरी सपना गुल्मी तम्घामा पैसा खोज्न आएकी थिईन् ।
तिन दिन सम्म वस्दा पनि कतै सहयोग नपाएर रुदै बसेकी उनले पत्रकार प्रेम सुनार सँग सहयोगको याचाना गरेपछि सामुदायिक रेडियो पुष्पाञ्जलीपनि मुख्य समाचार बनाएर प्रशारण गरेको थियो । उनको खवर प्रकािशत भएको आधा घण्टा नवित्दै उनलाई हजारौं सहयोग घोषण भएको थियो भने उक्त अस्पतालले उनको विल पुरै मिनाह गर्न बाध्य भएको थियो । हाल सम्म उनलाई डेढ लाख भन्दा बढि सहयोग घोषण भएको छ त्यस मध्ये केहि रकम सहयोगदाताले पठाउन बाँकी छ । पिडित महिला सपनालाई दुई चरणमा गरी ९४ हजार १ सय २६ रुपैया सहयोग हस्तान्तर गरिएको छ । गुल्मी केयर विश्व सञ्जालले संकलन गरेको ४४ हजार एक सय रुपैयाँ र यस समाचारदातको नाममा आएको ५० हजार २६ रुपैया गुल्मीका सिडियो प्रदिपराज कंडेलद्धारा यस समाचारदाताले पिडित महिला सपनालाई हस्तान्तरण गराएको छ ।
रकम हस्तान्तरण गराए लगत्तै उनको नागरिकता नभएका कारण सिडियो कँडेलले राष्ट्रिय वाणिज्य बैंक गुल्मी तम्घास शाखामा खाता खोल्न शिफारिस पत्र पठाई दिएका थिए । सोही अनुरुप यस समाचारदाताले उनै सपना भण्डारीको नाममा खाता खोली दिएको छ । उनको खाता नम्वर ३०१००२८०९०१० रहेको छ ।
यस समाचारदाता मार्फत आएको ५० हजार २६ रुपैयाँ पठाउने सहयोगदाताको विवरण यस प्रकार रहेको छ । गुल्मीको मुसिकोट–९ घर भई वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुमा कार्यरत पदम थापाले ४ हजार , पोखरा औद्योगिक क्षेत्र घर भई दुवईमा कार्यरत माधव सापकोटाले २० हजार, अर्घाखाँचीको खनदह–३ घर भई पोखराको शिप्रदी टे«डर्शमा कार्यरत सुरज गौतमले १० हजार , गुल्मी कुर्घा भुवाचिदीका रामबहादुर रायमाझीले ६ हजार, पोखरा घर हुने दिल तामङ्गले ईराकबाट १० हजार २६ रुपैयाँ सहयोग पठाएका थिए ।
कतारबाट ६ हजार यस समाचारदाको नाममा रकम पठाएको बताउने सुनवल–४ नवलपरासीका कृष्ण हमालले दिएको कोड नम्वर नमिलेर रकम प्राप्त हुन सकेको छैन् । त्यस्तै सुरुमै सहयोग गर्ने घोषण गरेका मातृभुमिका लागि युवा अभियानका अध्यक्ष सुनिल खड्का , गुल्मी बडागाउँ ५ पेंगा घर भई दुवईमा कार्यरत राजु रायमाझीले रकम पठाउन बाँकी छ ।
सुर्खेत विरेन्द्र नगर–८ का ईन्जिनियर चेतबहादुर अधिकारी , चितवन राप्ती नगरपालिका–५ घर भई कुवेदबाट सुरज तामाङ्ग, ललितपुरबाट नेवि संघका केन्द्रिय सदस्य लाओस राई, काठमाण्डौ जैसीदेवलका राजेश जोसी, वर्दिया ताराताल–१ निवासी मेघबहादुर गुरुङ्ग लगात दर्जनौंले पनि सहयोग पठाउने कार्य जारी छ ।
ति मध्ये कतिपयले यस समाचारदालाई फोनमा रकम पठाएको बताए पनि पिन नम्वर प्राप्त नभएकोले समस्या भएको छ । पठाउनु भएकाहरुले पिन नम्वर टिपाई दिन अनुरोध गरिएको छ । त्यस्तै गुल्मी केयर विश्व सञ्जालबाट त्यसका अध्यक्ष मानबहादुर कुँवरले पठाएको ४४ हजार एक सयको विवरण यस प्रकार रहेको छ ।
दुवईमा कार्यरत गुल्मी सिमिचौरकी विष्णु कार्कीवाट ५ हजार ५ सय , दुवईमा कार्यरत पाल्पाकी कमला कार्कीबाट ३ हजार, दुवईमा कार्यरत गुल्मी अमरपुरकी माया गिरीबाट ३ हजार, गुल्मी दुवईमा कार्यरत रविन ढकालबाट ३ हजार, सोही स्थानमा कार्यरत सिमिचौरका लक्ष्मण खत्रीबाट ३ हजार, अवुधाविमा कार्यरत गुल्मी दिगाम ६ का शालिकराम पन्थबाट ५ हजार सहयोग भएको छ ।
त्यस्तै गुल्मी खैरेनी घर भई दुवईमा अमृता भण्डारीबाट १ हजार ५ सय, गुल्मीको मुसिकोटमा–देउराली घर भई ईजराईलमा कार्यरत विद्या कार्कीबाट ३ हजार , दुवईबाटै गुल्मी हुँगाकी जमुना न्यौपानेबाट ५ हजार, वस्तु ९ घर भई दुवईमा कार्यरत गोविन्द कुँवरबाट ४ हजार, पिपलधारा चौतार विश्व सञ्जालका अध्यक्ष कमल जिसीबाट ३ हजार १ सय र गुल्मी मुसिकोट कालिरह निवासी चेकरिपव्लिकमा कार्यरत जितेन्द्र रायमाझीबाट ५ हजार सहयोग भएको छ ।
उक्त रकम सञ्जालका कोषाध्यक्ष सागर कार्की, सह–सचिव नारायणप्रसाद भण्डारी , सदस्य राधिका कवँर र यसै समाचारदाताले प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेलद्धारा ति महिलालाई हस्तान्तरण गरिएको छ । उक्त सहयोग हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी कंडेलले रातोपाटीले गरेको यो उद्धार कार्यका लागि जिल्लावासीको तर्फबाट आभार प्रकट गरे ।
उनले भने–‘ कुनै समय कतिपय विरामी यहाँको अस्पतालले पाल्पा रिफर गर्दा त्यहाँ जानका लागि बाटो खर्च नपाएर मृत्यु रोज्न बाध्य हुनु पर्ने अवस्था थियो तर अहिले मिडियाले गर्दा सपना जस्ता असहायहरुले समाचार प्रकाशित भएको आधा घण्टा मै उद्धार पाउन थालेका छन् । त्यसका लागि मिडिया, त्यसमा पनि प्रेम सुनारलाई जिल्लावासीको तर्फबाट आभार प्रकट गर्दछु । ’
सहयोग रकम प्राप्त गर्दै पिडित सपनाले गहभरी आँशु पार्दै भनिन् –‘ अस्पतालको वेडमा छोरी छाडेर तम्घास पैसा खोज्न आएको तिन दिन सम्म एक पैसा नपाएर रुदै जिल्ला प्रहरी कार्यालयमा बसेकी थिएँ त्यही वेला प्रेम सुनार आएर समाचार बनाई दिए पछि उतिखेरै मेरो उपकार भयो ।’
उनलाई श्रीमानको घर दाङ्ग भन्ने मात्र थाह छ अरु थाह छैन् । ‘माईतमा एउटी बृद्ध आमा मात्रै हुनुहुन्छ । तिनै आमा समेत सुत्केरी भएर भेट्न आएकी छैनन् । दाजु भाई दिदी वहिनी भई दिएको भए आउँथे होला ।
‘वुवा म सानै छँदा वित्नु भएको हो । मेरो आफ्नो भन्नु कोही छैन् अव कहाँ जाउँ ’–सपनाले रुँदै भनिन् । पिपलधारा ९ स्थित उनकी आमालाई समेत विहान वेलुकाको जोह गर्न अर्कैको मेलापात गर्नु पर्ने अवस्था रहेको स्थानियवासीले बताए । सपनाकी छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको छ । उनलाई सदरमुकाम तम्घासको छापटोलाको एक घरमा सस्तो डेरा खेजेर बस्ने व्यवस्था मिलाईएको छ । सवैबाट सहयोग भए उनलाई बस्ने वासको व्यवस्था गरिने प्रमुख जिल्ला अधिकारी कँडेलले बताए ।
सहयोग गर्न चाहनु हुने महानुभावले उनको खातामा रकम राखी दिनु होला र सो को जानकारी यसै समाचारदाताको मोवाईल नम्वर ९८५७०६१५३० मा जानकारी गराउनु होला हामी सहयोगदाताको सहयोगलाई समाचारमा उल्लेख गर्दै जाने छौं ।

No comments: