"2513058968709111" /> शुक्रबारबाट गुल्मीको कुर्घामा शुरु हुन गईरहेको सातौ राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगीताको लागी तयारी शुरु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

शुक्रबारबाट गुल्मीको कुर्घामा शुरु हुन गईरहेको सातौ राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगीताको लागी तयारी शुरु ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
माघ २० गते ।।
शुक्रबारबाट गुल्मीको कुर्घामा शुरु हुन गईरहेको सातौ राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगीताको लागी तयारीका कार्यक्रम शुरु हुन लागेका छन । गुल्मी क्षेत्र नम्बर १ का पर्ने सम्पुर्ण बिद्यालयहरुको सहभागीतामा कुर्घामा रहेको त्रिभुबन उमाबिमा क्षेत्रिय छनौट कार्यक्रम सम्पन्न हुन लागेको हो । कार्यक्रमको तयारी लगायतका बिषयमा छलफल गर्दे आज आयोजक समितिको बैठक पनि सम्पन्न भएको छ । जिल्ला खेलकुद बिकास समितिका सदस्य नबिन कक्षपतिको अध्यक्षतामा सम्पन्न भएको बैठकले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागी तयारी शुरु गर्ने बताएको छ । शुक्रबार र शनिबार अर्थात आगमी माघ २२ र २३ गते कुर्घामा सम्पन्न हुने कार्यक्रममा छात्रछात्रा भलिबल प्रतियोगीता, छात्रछात्रा कबड्डी लगायतका कार्यक्रमहरु सम्पन्न हुने बिद्यालयका प्राचार्य राम बहादुर थापाले जानकारी दिनुभयो । त्यसैगरी एथ्लेटिक्स तर्फ बिभिन्न दुरीका छात्रछात्रा दौड प्रतियोगीता, फिल्ड तर्फ सटपुट, ज्याबलिङ्ग थ्रो, हाईजम्प लङजम्प, त्रिपलजम्प लगायतका कार्यक्रम हरु सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । २२ गते बिशेष अतिथिहरु सहित उद्घाटन कार्यक्रम सँगै कार्यक्रम सञ्चालन हुने बताईएको छ । सातौ राष्ट्रपनि रिनँग सिल्ड प्रतियोगीतामा सक्रिय रुपमा सहभागीत जनाउनुहुन बिद्यालयले सबै बिद्यालयलाई आग्रह गरेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.