"2513058968709111" /> परिक्षाको नतिजा प्रकाशन तथा बिबिध कार्यक्रमहरुका बिजेतहरुलाई पुरस्कार बितरण कार्यक्रम ।। - अनिश शर्मा गैरे
Breaking News
recent

परिक्षाको नतिजा प्रकाशन तथा बिबिध कार्यक्रमहरुका बिजेतहरुलाई पुरस्कार बितरण कार्यक्रम ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
माघ १८ गते ।।
मालीका ईग्लिस बोर्डिङ्ग सेकेण्डरी स्कुल वामीटक्सारमा आज अर्थ बार्षिक परिक्षाको नतिजा प्रकाशन तथा बिबिध कार्यक्रमहरुका बिजेतहरुलाई पुरस्कार बितरण गरिएको छ । बिद्यालयका अभिभाबहक तथा लक्ष्मीनारायण प्राबिका ब्यबस्थापन समिति अध्यक्ष बिष्णु बहादुर रानाको अध्यक्षता रहेको कार्यक्रममा बिद्यालयका प्रिन्सिपल पुस्तकलाल श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा गत माघ ४ गतेदेखि १२ गते सम्म सञ्चालित अर्थ बार्षिक परिक्षाको नतिजा प्रकाशन गरिएको छ । कक्षा नर्सरी देखी ९ र दश बि का बिद्यार्थीहरुको नतिजा अभिभाबहकहरुको माझमा सार्बजनिक गरिएको हो । कक्षा १० का नियमित तर्फका बिद्यार्थीहरुको भने सेन्ड अप परिक्षा भएको र अन्यत्र बिद्यालयमा उत्तरपुस्तिका जाँच हुने भएकोले नतिजा प्रकाशन नभएको बिद्यालयका फर्मर प्रिन्सिपल बिमल सापकोटाले जानकारी दिनुभयो । यसैबिच आज कार्यक्रमकै अवसरमा श्रावण महिनादेखी हाल सम्म बिद्यालयमा सञ्चालन भएका अतिरिक्त कार्यक्रमहरुको बिजेता बिद्यार्थीहरु पनि पुरस्कृत गरिएको छ भने नतिजा अनुसार उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई पनि शैक्षिक सामाग्रीहरु सहित सम्मन गरिएको छ । बिद्यालयका शिक्षक मेघ प्रसाद श्रेष्ठको स्वागत मन्तब्य सँगै शुरु भएको कार्यक्रमको सञ्चालन बिद्यालयका फर्मर प्रिन्सिपल बिमल सापकोटाले गर्नुुभएको थियो । कार्यक्रममा अभिभाबहक, शिक्षक, बिद्यार्थी, लगायतको उपस्थिती रहेको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.